सिंह न राजा हो, न जंगलमा बस्छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सिंह न राजा हो, न जंगलमा बस्छ

सारांश

  • बीबीसी।
  • ग्रीक नायक हरक्युलिसको हातबाट मारिएका निमियन शेरदेखि सिंहको जस्तो अनुहार भएका इजिप्टका युद्ध देवता माहेससम्मले सिंहको पुरानो छविले विश्वभरमा धेरै मिथकलाई जन्म दिएको छ।
  • करिव सबै संस्कृतिको किंवदन्तीमा सिंहको मुख्य स्थान छ।

बीबीसी। ग्रीक नायक हरक्युलिसको हातबाट मारिएका निमियन शेरदेखि सिंहको जस्तो अनुहार भएका इजिप्टका युद्ध देवता माहेससम्मले सिंहको पुरानो छविले विश्वभरमा धेरै मिथकलाई जन्म दिएको छ। करिव सबै संस्कृतिको किंवदन्तीमा सिंहको मुख्य स्थान छ। पछिल्ला वर्षमा पनि सिंहले कयौं मिथक बनाएका छन्।

सिंह राजा होइन

डिजनको क्लासिक फिल्म ‘लायन किङ’ तपाइँलाई राम्रो लाग्छ र त्यसको कथालाई तपाइँले सत्य ठान्नु भएको होला। तर, राजा मुफसा या राजकुमार सिम्बा जस्तै सिंहको कुनै इनचार्ज वा टोली नेता हुँदैन। सिंहका राजा वा रानी हुँदैनन्। बरु उनीहरु बराबरीको समाजमा बिना कुनै र्याकिङ बस्छन्।
सिंहमा प्रभुत्वको पदक्रम हुँहैन। अर्थात यहाँ कुनै राजा हुँदैन। यहाँ रानी वा युवराज पनि हुँदैनन्। सिंहको विषयमा सबैभन्दा राम्रो कुरा के हो भने सिंहको समाज समाजवादी समाज हो, जसमा सबै सिंह बराबरी हुन्। हुन सक्छ कुनै सिंहसँग सुन्दर सिंहिनी हुन सक्छ, र उसले आफ्नी सिंहिनीको रक्षा गर्ने क्रममा अरुमाथि हावी हुन्छ होला तर उ राजा होइन। सिंहको समाज वास्तवमा निकै रमाइलो समाज हो। तर मानिसले सिंह कति सहयोगी छन् भन्ने कुरा बुझ्न सकेको छैन।

रुख बिनाको जंगलको राजा
सिंहकालागि ‘जंगलको राजा’ को उपाधि निकै चर्चित छ। हजारौं कथामा सिंहलाई जंगलको राजा नै भनिएको छ। तर सिंहकालागि यो उपाधि सत्य होइन। ‘जंगलको राजा’ को उपाधि भ्रामक हो, किनभने सिंह वास्तवमा जंगलमा बस्दैनन्। र सिंह जंगलको राजा पनि होइन। सिंह झाडीमा, लामो घाँस भएको विशाल मैदानमा, ठूला चट्टान भएको पहाडमा बस्छन्। तर उनीहरु ठूला रुख भएको जंगलमा बस्दैनन्। अफ्रीकामा सेतो सिंहलाई पवित्र जनावर मानिन्छ। तर त्यहाँ पनि के गलत बुझाइ छ भने सिंह अल्बि–नो (रंगहीन) हुन्छन्। त्यसो त अल्बि–नो सिंह पनि हुन्छन् तर , सेतो सिंह यो शक्तिशाली जनावरको अलत प्रजाति हो। यो अल्बि–नो होइन।

सेतो सिंहको विकासक्रम उल्टो दिशाबाट भएको परिवर्तनका रुपमा हेरिएको छ। यसलाई ल्युजिज्म भनिन्छ। यसमा सिंहको शरीरमा मेनेनिनको मात्रा कम हुन्छ। मेलेनिन एक पिगमेन्ट हो जो सिंहको रौं र आँखाको रङलाई नियन्त्रण गर्छ। मेलेनिनको कमीका कारण सिंहमा कैलो रङ कम हुन थाल्छ र सबै रौं सोतो देखिन थाल्छ। सिंहको गर्दनमा हुने लामो कपाललाई आम रुपमा सिंहको यौन अपीलको मापनका रुपमा हेरिन्छ। भाले सिंहको गर्दनमा जति धेरै लामो रौं हुन्छ, त्यति धेरै पोथी सिंह आकर्षित हुन्छन्। तर नयाँ प्रमाणका आधारमा यो निमय सबैमा लागू नहुन पनि सक्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित
किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह
किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह
सूचनाको हक तल्लो तहसम्म पु-याउनुपर्छ: मन्त्री शर्मा
सूचनाको हक तल्लो तहसम्म पु-याउनुपर्छ: मन्त्री शर्मा
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
झापामा मतगणना सुरु, यस्तो छ रुझान
झापामा मतगणना सुरु, यस्तो छ रुझान
सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त
सरकारमा जान उपेन्द्र यादवले राखे यस्ता सर्त
कैदीबन्दी बढे, क्षमताभन्दा जेलमा तीन गुणा बढी
कैदीबन्दी बढे, क्षमताभन्दा जेलमा तीन गुणा बढी
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक
राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक, नगरबासी प्रभावित