ज्ञानेन्द्र शाहीमाथि ढुंगामुढा गर्दा, उपचारका लागि काठमाडौं पठाइयो (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ११, २०७६
|
|
२८ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाहीमाथि ढुंगामुढा गर्दा, उपचारका लागि काठमाडौं पठाइयो (भिडियो सहित)

सारांश

  • ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ ।
  • अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो ।
  • सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो ।

‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ ।

अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो ।

मध्यान्ह १२ बजेतिर कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवाहरुको समूह कार्यक्रम स्थल पुग्यो । उनीहरुले ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजवादीलाई बहिष्कार गरौं’ लगायतका नारा लगाए । कार्यक्रम स्थल नजिकै रहेको प्रहरी तत्काल पुग्यो र मानिसहरु तितरवितर बनायो ।

स्थानीय प्रशासनले कार्यक्रम नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटे । घटना केही साम्य भए जस्तो भयो ।

केही अभियान्ता विमानबाट काठमाडौं फर्किए भने शाहीको टोली गाडीबाट आउने तयारीका लागि चौविसकोठीको होटल ग्लोबलमा मात्र के पुगेको थियो युवाहरुको समूहले आक्रमण र्गयो । हाइसमाथि ढुंगामुढा भयो ।

हातमा ढुंगा, इट्टा तथा रड बोकेका युवाहरुले शाहीलाई लक्षित गरी अन्दाधन्ध हानेको गाडीमा रहेकाहरु बताउँछन् । ‘ढुंगैढुंगाले हान्यो, रडले समेत हाने’ गाडीमा रहेका एकले भनेका छन् ।

केहीबेरमा प्रहरी पुग्यो । आक्रमणकारी युवाहरु भने भागेका छन् । प्रहरीले नेकपा आवद्ध एक जनालाई भने पक्राउ गरेको छ ।

प्रहरीको सहयोगमा घाइते शाहीलाई चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको हातका साथै शरीरका अन्य भागमा पनि चोट लागेको तर सिटी स्क्यान लगायतका परीक्षण गर्दा गहिरो चोट लागेको नदेखिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिएका छन् ।

चितवनमा प्राथमिक उपचारपछि उनलाई काठमाण्डौं पठाइएको छ । थप उपचार र जिल्लाको शान्ति सुरक्षा नबिग्रियोस् भनेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

https://www.youtube.com/watch?v=uJQp1WKy2O8

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हतियार ओसारपसारमा हतियार सहित ४ पक्राउ
हतियार ओसारपसारमा हतियार सहित ४ पक्राउ
यस्तो छ ब्राजिल फुटबलको बिश्वकप ईतिहास,
यस्तो छ ब्राजिल फुटबलको बिश्वकप ईतिहास,
भद्रपुरमा ओठ तथा तालु फाटेका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी शिविर
भद्रपुरमा ओठ तथा तालु फाटेका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी शिविर
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई  सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली
रौतहटमा कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो !
रौतहटमा कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो !
आइएनजिओ र एनजिओ माथि लगाम लगाउँदै नेपाल सरकार
प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?
प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?

तपाईंले छुटाउनुभयो कि?