चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको १५ मिनेट भेटवार्ता तय, आधा दर्जन एजेन्डामा छलफल हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ९, २०७३
|
|
१६४ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सातदिने औपचारिक चीन भ्रमणका क्रममा दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएका छन् ।
  • प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
  • प्रधानमन्त्री प्रचण्डले १४ चैतमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सातदिने औपचारिक चीन भ्रमणका क्रममा दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले १४ चैतमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन् । आकस्मिक रूपमा भ्रमण तय भएका कारण राष्ट्रपति सीसँग १५ मिनेट मात्रै औपचारिक कार्यक्रम तय भएको चिनियाँ दूतावासले प्रधानमन्त्रीलाई जानकारी दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘पूर्वनिर्धारितभन्दा पनि आकस्मिक रूपमा प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तय भएको हो, चिनियाँ राष्ट्रपतिले अन्य कार्यक्रमको समय कटाएर हाम्रा प्रधानमन्त्रीसँग भेटको समय तय गर्नुभएको जानकारी आएको छ,’ प्रधानमन्त्री कार्यालयले भन्यो, ‘चिनियाँ राष्ट्रपतिले पूर्वनिर्धारित कार्यक्रम सच्याएर प्रधानमन्त्रीसँग भेटको समय तय गर्नुलाई चीनले हामीलाई दिएको महत्व मान्नुपर्छ ।’

स्रोतका अनुसार १५ मिनेटको समयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डले आधा दर्जन एजेन्डामा छलफल गर्ने तय भएको छ । प्रधानमन्त्रीका समकक्षी ली खछियाङ र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका समकक्षी वाङ यी चीनबाहिर हुने भएकाले सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम छैन ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार चीनले प्रस्ताव गरेको वान बेल्ट वान रोड (ओबिओआर)मा नेपाल सहभागी हुने विषय, पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुनेछ । लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि, रेलवे, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द
स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द
भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते
भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर, चार बर्ष जेल
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
एक अर्ब ८८ करोडकाे  साधारण शेयर बिक्रीका लागि अनुमति
एक अर्ब ८८ करोडकाे साधारण शेयर बिक्रीका लागि अनुमति
यसरी हुँदै छ चितवनमा प्रचण्डकाे मनाेनयन (फिटो फिचर)
यसरी हुँदै छ चितवनमा प्रचण्डकाे मनाेनयन (फिटो फिचर)
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने
एफएनपीजेले टुंडिखेलमा प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पो गर्ने

तपाईंले छुटाउनुभयो कि?