सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम

सारांश

  • काठमाडौं, २८ असोज ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र वामदेव गौतमको सांसद बन्ने इच्छाका कारण उत्पन्न विवाद अन्त्य हुने अवस्थामा पुगेको छ ।
  • तर, गौतमले यो विवादलाई अन्त्य गर्न चाहेका छैनन् ।

काठमाडौं, २८ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र वामदेव गौतमको सांसद बन्ने इच्छाका कारण उत्पन्न विवाद अन्त्य हुने अवस्थामा पुगेको छ । तर, गौतमले यो विवादलाई अन्त्य गर्न चाहेका छैनन् ।स्रोतका अनुसार गौतमले आफूलाई पार्टीभित्र असहयोग भएका कारण समस्या आएको बताउन थालेका छन् । ललितपुरको भैँसेपाटीस्थित निवासामा आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तासँग गौतमले पूर्वएमालेभित्रका नेताहरूले काठमाडौं ७ मा उम्मेदवार बन्न रोकेको बताउने गरेका छन् ।

‘वामदेव गौतमज्यू पूर्वएमालेका नेताहरूसँग आक्रोशित हुनुहुन्छ’, गौतमलाई निवासमा भेट्न पुगेका एकजना युवा नेताले भने, ‘सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो ।’ पूर्वएमालेप्रति आक्रामक देखिएका नेता गौतम पूर्वमाओवादी केन्द्रका नेताहरूसँग भने लचक देखिएका छन् । माओवादी नेताहरूले आफूलाई सहयोग गरेको उनको बुझाइ छ ।

आफूलाई सांसद बन्नबाट रोकेको बताउने गरेका गौतमले यो कुरालाई दीर्घकालसम्म उठाएर सरकार र पार्टीभित्र समस्या उत्पन्न गर्ने हुन् कि भन्ने धेरैको आशंका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
सीता एअरले असार १५ देखि सुर्खेतवाट हवाई सेवा शुरु गर्ने !
सीता एअरले असार १५ देखि सुर्खेतवाट हवाई सेवा शुरु गर्ने !
“उपेक्षित वैदेशिक श्रमिक “
“उपेक्षित वैदेशिक श्रमिक “
दक्षिण कोरियाका संसदीय टोलीको इच्छा
दक्षिण कोरियाका संसदीय टोलीको इच्छा
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना
यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना
नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सह-महामन्त्री महत
नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सह-महामन्त्री महत
पशुपतिनाथ भेटी प्रकरणः पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
पशुपतिनाथ भेटी प्रकरणः पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
सप्तरी ४ः ‘भत्किएको’ गढ भर्सेस जातीय भोट
सप्तरी ४ः ‘भत्किएको’ गढ भर्सेस जातीय भोट
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित