चुनौति र अवसर दुवैलाई अबको सरकारले सामना गर्नुपर्छ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १५ पुस ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, सुशासन र समृद्धिको अभियान सुरु गर्न नसके मुलुक फेरी पनि दुर्घटनामा पर्न सक्ने खतरा औंल्याएका छन ।
  • एमाले उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित पुस्तक ‘‘नेपाल नवनिर्माण महाअभियान’’ को शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, सुशासन र समृद्धिको अभियान सुरु गर्न नसके मुलुक फेरी पनि दुर्घटनामा पर्न सक्ने खतरा औंल्याएका छन ।

एमाले उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित पुस्तक ‘‘नेपाल नवनिर्माण महाअभियान’’ को शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले ऐतिहासिक चुनौति र अवसर दुवै वामगठबन्धनको सरकारका अगाडि रहेको भन्दै समृद्धिको मौलिक बाटो पहिचान गरेर विकासलाई गति दिन सक्ने हो भने साच्चै १० बर्षमा आर्थिक क्रान्तिको युगमा मुलुकलाई लैजान सकिने उल्लेख विश्वास दिलाए ।

राजनीतिक स्थायीत्व, आर्थिक सम्वृद्धि र पारदर्शीता कायम गर्नमा नै आफूहरुको सम्पुर्ण चिन्तन केन्द्रित भएको भन्दै उनले चुनौति र अवसर दुवैलाई वामगठबन्धनको सरकारले सामना गर्नुपर्ने बताए ।

पुस्तकमा पनि नेपालमा विकासको नया गति सुरु भएन भने देश निकै अप्ठ्यारोमा पर्न पनि सक्छ भन्ने मान्यता अनुसार विकासको १० बर्षे कार्ययोजना प्रस्तुत भएको आफुले पाएको अध्यक्ष दाहालले बताए।

दाहालले एमाले उपाध्यक्ष गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यहोर्नुपरेको पराजयप्रति सहानुभूति पनि जनाए। यद्यपि उनले गौतमको नेपाल नवनिर्माण गर्ने चाहना पूरा गराउने सवालमा उपयुक्त वातावरण बनाउने प्रतिवद्धता पनि जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो संघीय संसद फागुन २१ मा बस्ने, यस्तो छ तयारी
पहिलो संघीय संसद फागुन २१ मा बस्ने, यस्तो छ तयारी
राष्ट्रपति कार्यालयले भन्यो ‘भ्रामक समाचार प्रकाशन नगर्नु’
राष्ट्रपति कार्यालयले भन्यो ‘भ्रामक समाचार प्रकाशन नगर्नु’
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोड क्षति
दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोड क्षति
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्स सहित ३८ जना क्वारेन्टिनमा
दुर्घटना बढेपछि सडकमै होम
दुर्घटना बढेपछि सडकमै होम
नेपालीको दोस्रो ठूलो चाड तिहार (यम पञ्चक) आजदेखि
नेपालीको दोस्रो ठूलो चाड तिहार (यम पञ्चक) आजदेखि
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा

तपाईंले छुटाउनुभयो कि?