बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
३० पटक हेरिएको
Shares
बबई गाउँपालिकाले हापुरेलाई ब्यापारिक केन्द्र र ‘उज्यालो बबई अभियान’ चलाउने

सारांश

  • घोराही, ११ असार ।
  • बबई गाउँपालिकाले आफ्नो केन्द्र सारेर महत्वपूर्ण उपलब्धि हासिल गरेको ठान्दै आगामी बर्ष समृद्ध बबईका लागि नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
  • गाउँसभामा हिजो नीति तथा कार्यक्रम सार्बजनिक गर्दै अध्यक्ष भुबनेश्वर पौडेलले आगामी आर्थिक बर्षमा ‘उज्यालो बबई’ र हापुरेलाई ब्यापारिक केन्द्रका रुपमा बिकास गर्ने उल्लेख गरेका छन् ।

घोराही, ११ असार । बबई गाउँपालिकाले आफ्नो केन्द्र सारेर महत्वपूर्ण उपलब्धि हासिल गरेको ठान्दै आगामी बर्ष समृद्ध बबईका लागि नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गाउँसभामा हिजो नीति तथा कार्यक्रम सार्बजनिक गर्दै अध्यक्ष भुबनेश्वर पौडेलले आगामी आर्थिक बर्षमा ‘उज्यालो बबई’ र हापुरेलाई ब्यापारिक केन्द्रका रुपमा बिकास गर्ने उल्लेख गरेका छन् ।

बिद्युत सेवा नपुगेका बस्तीमा ‘उज्यालो बबई’ अभियानमार्फत् दुई परिवारलाई सोलार बितरण तथा लघु तथा साना जलबिद्युत आयोजनाका लागि सम्भाव्यता अध्ययन र ग्रामीण बिद्युतीकरण कार्यक्रमको बिस्तारलाई प्राथमिकता दिइएको छ । यस्तै २५ सैया क्षमताको अस्पताल स्थापनाका लागि पहल गर्ने नीति तथा कार्यक्रम सार्बजनिक गरिएको छ । यस्तै प्रत्येक वडाहरुमा स्वास्थ्य संस्था एवं स्वास्थ्य इकाई स्थापना गर्ने लक्ष्य राखिएको छ ।

यस्तै हापुरेलाई स्वच्छ र सफा राख्न ब्यबस्थित ढल तथा हरित शहरका रुपमा बिकास गर्ने र ब्यबस्थित बसपार्क एव बहुउद्देश्यीय सभाहल निर्माण गर्ने कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका बस्तीहरुलाई नयाँ स्थानमा स्थानान्तरण गर्न आबश्यक प्रक्रिया सुरु गर्ने पनि उल्लेख गरिएको छ ।

यस्तै पुरन्धारा झरनालाई पर्यटकीयस्थलको रुपमा बिकास गर्न ‘पुरन्धारा भ्रमण बर्ष’ को रुपमा मनाउने, झरना क्षेत्रमा ‘बबई बाटिका’ निर्माण गर्ने उल्लेख गरिएको छ । सल्लीकोट भ्यु टावरको डिपीआर, सर्भे तथा डिजाइन साथै उक्त स्थानमा गणेशमान पार्क निर्माणको तयारी गर्ने उल्लेख गरिएको छ ।

यस्तै नेपालमै पहिलोपटक दलित समुदायको परम्परागत सिप, कला तथा संस्कृति झल्किने गरी दलित संग्रहालय स्थापना, ऐलानी तथा पर्ति जग्गाहरुमा बनेका संरचनाहरुमा कानून बमोजिम बहाल बिटौरी शुल्क लगाइने, एकीकृत सम्पत्ति कर लगाई आन्तरिक राजश्वलाई ब्यबस्थित गर्ने लक्ष्य राखिएको छ ।

काष्ठ, डेरी उद्योगलाई प्रोत्साहन गर्ने, साना तथा घरेलु उद्योगलाई अनुदान प्रदान, ‘श्रम, सीप र रोजगार, युवासँग स्थानीय सरकार’ भन्ने नारासहित युवा उद्यमी समूह मार्फत् उत्पादनमुलक कार्यक्रम सञ्चालन, हापुरेमा बबई रंगशाला निर्माण, ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता, बिद्यालयमा बिद्यार्थी टिकाउने अभियान, ‘बबईको पानी जनताको लगानी’ कार्यक्रम मार्फत् लिफ्ट सिचाई कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम सार्बजनिक गरिएको छ ।

मदन भण्डारी चक्रपथलाई स्तरोन्नति गर्ने, खिलतपुर—चरकमटिया, हापुरे—गुरुङ चौतारा, खिलतपुर—घट्टेखोला, बालानन्द चोक—कृष्णपुर, हापुरे—खयरभट्टी (बबई मार्ग), खिलतपुर—सितापुर (पुष्पलाल मार्ग) को स्तरोन्नति एवं साझेदारीमा कालोपत्रे तथा डिपीआर तयार पार्ने, खेतीयोग्य जग्गा बाँझो राख्नेलाई दोब्बर कर तथा जग्गा बाझो राख्नेलाई निरुत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्ने रहेका छन् ।

(https://flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?