राष्ट्रपति कार्यालयले भन्यो ‘भ्रामक समाचार प्रकाशन नगर्नु’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३, २०७९
|
|
४९ पटक हेरिएको
Shares
राष्ट्रपति कार्यालयले भन्यो ‘भ्रामक समाचार प्रकाशन नगर्नु’

सारांश

  • काठमाडौं ।
  • विभिन्न मिडियामा भ्रामक समाचार प्रकाशन हुनथालेको भन्दै राष्ट्रपतिको कार्यालयले आपत्ति जनाएको छ ।
  • सोमबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिलाई जोडेर भ्रामक समाचारहरू प्रकाशन भएकोप्रति आपत्ति जनाएको हो।

काठमाडौं । विभिन्न मिडियामा भ्रामक समाचार प्रकाशन हुनथालेको भन्दै राष्ट्रपतिको कार्यालयले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिलाई जोडेर भ्रामक समाचारहरू प्रकाशन भएकोप्रति आपत्ति जनाएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आधिकारिक व्यक्तिसँग बुझी यथार्थ समाचार मात्र प्रकाशन गर्न सबैसँग आग्रह गरेका छन्। उनले कार्यालयबाट भए गरेका कामकारबाही नियमित रूपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको उल्लेख गरेका छन्।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन भईरहेको देखिएको हुँदा आधिकारिक व्यक्तिसँग बुझी यथार्थ समाचार प्रकाशन र प्रशारण गरिदिनुहुन अनुरोध छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?