२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७३
|
|
४०३ पटक हेरिएको
Shares
२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला

सारांश

  • ४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।
  • वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।
  • हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् ।

४३ लाख ८९ हजार नेपाली वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएकामध्ये दुई सय २७ जना नेपाली विभिन्न मुलुकको जेलमा छन् ।
हत्या, बलात्कार, लागुऔषध कारोबारलगायत गम्भीर अभियोगमा उनीहरूले जेलजीवन बिताइरहेका हुन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ, केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् भने केहीलाई जन्मकैदको सजाय सुनाइएको छ । यीबाहेक कागजात नमिलेर, भिसाको म्याद सकिएरलगायत अन्य सामान्य अभियोगमा के–कति नेपाली पक्राउ परेका छन् भन्ने तथ्यांक सरकारसँग छैन ।

रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका नेपालीमध्ये ६९ जना जेल परेका छन् । बहराइनमा पनि सातजना नेपाली जेलमा रहेका छन् । एउटै कोठामा बस्ने नेपाली नागरिकको हत्या गरेका अभियोगमा भोजपुरका पर्शुराम राईलाई दक्षिण कोरियाको अदालतले १३ वर्षको कैद सजाय तोकेको छ । नयाँ  पत्रिका दैनिकमा समाचार छ ।

त्यस्तै नेपाली सहकर्मीसँग झगडा गरी दुईवटा औँला काटेको अभियोगमा झापाका शेखर पौडेल पनि दक्षिण कोरियामा पक्राउ परेका छन् । उनको मुद्दा विचाराधीन छ । कुवेतमा लागुऔषधको सेवन र कारोबारलाई ठूलो अपराध मानिन्छ । त्यहाँ पक्राउ परेकामध्ये अधिकांश नेपाली लागुऔषध सेवन र कारोबारको मुद्दा खेपिरहेका छन् । कुवेतको जेलमा रहेका नेपालीमध्ये ५३ जना केटा र नौजना केटी छन् । हत्याको आरोपमा समेत कुवेतको जेलमा केही नेपालीले सजाय काटिरहेका छन् ।

मलेसियाको जेलमा रहेका १३ नेपालीमध्ये सबैजना केटा छन् । तीमध्ये आठजना हत्या अभियोगमा पक्राउ परेका हुन् । ओमनको जेलमा भने तीनजना नेपाली मात्र जेलमा छन् । कतारमा ५२ जना नेपालीले जेलजीवन बिताइरहेका छन् । संयुक्त अरब इमिरेट्स (युएई)का विभिन्न जेलमा १९ जना नेपाली छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
कात्तिक ८ गते शनिवारको राशिफल यस्तो छ
कात्तिक ८ गते शनिवारको राशिफल यस्तो छ
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ  गाउँमा पठाएका छन्
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ गाउँमा पठाएका छन्
निर्वाचन अधिकृत तोकिए
निर्वाचन अधिकृत तोकिए
देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?
देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?
गभर्नर अधिकारीलाई राष्ट्र बैंकमा भव्य स्वागत
गभर्नर अधिकारीलाई राष्ट्र बैंकमा भव्य स्वागत
डा. केसीलाई भोकै बसाउने माथेमा आयोगको प्रतिवेदनमा के छ ?
डा. केसीलाई भोकै बसाउने माथेमा आयोगको प्रतिवेदनमा के छ ?
आज दिनभरि सिके राउत प्रहरीको निगरानी
आज दिनभरि सिके राउत प्रहरीको निगरानी
अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु
अमेरिकामा अन्धाधुन्द गोली प्रहार, तीन जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?