प्रमोद खरेलको नयाँ गीत “तिम्रो लागि” सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रमोद खरेलको नयाँ गीत “तिम्रो लागि” सार्वजनिक

सारांश

  • काठमाडौं, १७ पुस ।
  • आधुनिक सुगम सङ्गीतका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत “तिम्रो लागि” आज मंगलबार सार्वजनिक भएको छ ।
  • खरेलले यो गीत पिएम इन्टरटेन्मेन्टको यूट्युब च्यानल सिंगरबाट सार्वजनिक गरेका हुन् ।

काठमाडौं, १७ पुस । आधुनिक सुगम सङ्गीतका लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत “तिम्रो लागि” आज मंगलबार सार्वजनिक भएको छ ।

खरेलले यो गीत पिएम इन्टरटेन्मेन्टको यूट्युब च्यानल सिंगरबाट सार्वजनिक गरेका हुन् । झुम्कावाली, लाइदेउ न मायाले जस्ता डान्सिङ गीत गाएर चर्चाको शिखर चुमेका प्रमोदको यो नयाँ गीत आधुनिक सुगम सङ्गीतको सर्वोत्कष्ट गीत बनेको छ ।

पिएम इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको गीतमा सङ्गीत राजेन्द्र पुरीले दिएका छन् । “तिम्रो लागि”लाई दीपक शर्माले सङ्गीत संयोजन गरेका हुन् । गीतमा आशा खड्का, विपेष घिमिरे, अमन श्रेष्ठको अभिनय रहेको छ भने छायाङ्कन मुकेश हुमागाईको रहेको छ । म्यूजिक भिडियो निर्देशन बविता श्रेष्ठले गरेकी हुन् । अविनाश डिसीको सम्पादन “तिम्रो लागि”मा रहेको छ ।

“तिम्रो लागि”को भिडियो हेर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?