काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
१०
|
३० पटक हेरिएको
Shares
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !

सारांश

  • काठमाडौँ, ८ मंसिर: नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ ।
  • स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो ।
  • धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिनुभयो ।

काठमाडौँ, ८ मंसिर: नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो ।

धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ, धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ ।”

एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा रहनुभएका निधि छाती दुखेपछि मात्र अस्पतालमा आउनुभएको थियो । डा ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको बताउनुभयो ।

राजदूतद्वारा स्वास्थ्यलाभ कामना

नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले उपचाररत निधिलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

राजदूत पुरीले आज ओम अस्पतालमा पुगी नेता निधिको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    मतिराज पौडेल

    आफ्नो देस्को आसा का केन्द्र निधिको
    निमोनियां हुदा चिन्ता लाग्नु स्वाभाबिक
    हो !

      Comment Author

      Pun Narayan Sah

      Add a reply…ओ पौडेल जि आसा के भनेको मधेसी सबै बिहारी इन्डियन त हो नि खसआर्यले कहिले मधेसी लाइ नेपाली जस्तो ब्यबहार गरियो र गरिरहेको छ ।आपनो देसको राजदुत ले स्वास्थ लाभको कामना गर्नु स्वाभाबिकै हो

    Comment Author

    Kumar Kc

    Get well soon!

    Comment Author

    Indra Giri

    Kangresh le garda indian le nepal lai lutna payako chha
    ( tesaile kangresh bimari huda indian chintit chha)

    Comment Author

    Bharat Sharma

    शिघ्र स्वास्थ्य लाभको कामना

    Comment Author

    Krishna Thakuri

    हार्दिक श्रद्धाञ्जली निधि

    Comment Author

    Devi Prasad Gurung

    स्वास्थ लाभकाे कामना गर्दछु !

    Comment Author

    Raju Sharma

    Marey hunxa tawn

    Comment Author

    S.b. Pokhrel

    ए ल अब निको हुन्छ भारतिय राज्दुत ले स्वास्थ लाभ को कामना गरि सकेसि निको नहुने कुरै छैन नि।।।।।

    Comment Author

    Bishnu Regmi

    मरे पनि हुन्छ यो साला दलाल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री
विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
साहोको दोस्रो दिन पनि धमाकेदार प्रदर्शन….
साहोको दोस्रो दिन पनि धमाकेदार प्रदर्शन….
नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय  सार्वजनिक
नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय सार्वजनिक
झुलाघाट नाका आजदेखि तीनदिनका लागि  बन्द
झुलाघाट नाका आजदेखि तीनदिनका लागि बन्द
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
जेठ १४ गतेको राशीफल, कुन राशीलाई राम्रो र कुन राशीलाई खराब दिन छ ?
काङ्ग्रेसको अनुशासन समिति गठन
काङ्ग्रेसको अनुशासन समिति गठन

तपाईंले छुटाउनुभयो कि?