मन्त्रीले सचिव कुट्ने कारण यस्तो छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
मन्त्रीले सचिव कुट्ने कारण यस्तो छ

सारांश

  • प्रदेश २ विभिन्न कारणले राष्ट्रिय राजनीतिमा तरंगीत भइरहन्छ ।
  • प्रदेश संरचनामा गए देखि नै कहिले के कहिले के विवादमा परिरहनु प्रदेश २ का लागि सामान्य जस्तै बनिसकेको छ ।
  • आइतबार पनि एक मन्त्रीको हरकतका कारण मध्यान्हपछि प्रदेश २ राष्ट्रिय राजनीतिमा तरंगीत बन्यो ।

प्रदेश २ विभिन्न कारणले राष्ट्रिय राजनीतिमा तरंगीत भइरहन्छ । प्रदेश संरचनामा गए देखि नै कहिले के कहिले के विवादमा परिरहनु प्रदेश २ का लागि सामान्य जस्तै बनिसकेको छ । आइतबार पनि एक मन्त्रीको हरकतका कारण मध्यान्हपछि प्रदेश २ राष्ट्रिय राजनीतिमा तरंगीत बन्यो । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले एक सचिवमाथि कुटपिट गरेपछि चिसो मौसममा सञ्चारमाध्यमका लागि एउटा तातो खुराक बन्यो सचिव कुटपिट काण्ड । मन्त्री यादवले सचिवलाई आफ्नै कार्यकक्षमा बोलाएर गाला रन्किने गरी कुटपिट गरेको बुझिएको छ ।

मन्त्रीले सचिवलाई कुटपिट गर्नुको कारण संघीय सरकारले ल्याएको गरिबी निवारण उद्यम कार्यक्रमलाई मानिएको छ । सचिवले उक्त कार्यक्रम ल्याउँदा मन्त्रीको संस्थालाई नछानेपछि मन्त्री रिसले चुर भई सचिवमाथि जाई लागेको अनुमान गरिएको छ । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र बुझाएका थिए । त्यसमा ४० वटा संस्था छनोट गरिदा मन्त्रीको संस्था चाहिँ छनौटमा थिएन ।

सचिव झा कुटिएपछि कर्मचारीहरुले मन्त्रीको विरोधमा मुख्य ढोकामा धर्ना मात्रै दिएनन् कुटपिट गर्ने मन्त्रीलाई कोठामै थुनिदिए । मन्त्रीले थुनेको भन्दै सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?