यसरी खुल्यो माओवादीमा अन्तर्घातको रहस्य
सारांश
- काठमाडौं, १८ पुस ।
- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीभित्र पनि अतर्घात भएको देखिएको छ ।
- माओवादी केन्द्रको मंगलबार खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा भएको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न समिति बनाएपछि अन्तर्घात भएको देखिएको हो ।
काठमाडौं, १८ पुस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादीभित्र पनि अतर्घात भएको देखिएको छ । माओवादी केन्द्रको मंगलबार खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा भएको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न समिति बनाएपछि अन्तर्घात भएको देखिएको हो ।
सचिवालय बैठकले निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।
बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गएकारी गराएका थिए ।
प्रतिक्रिया