सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
१२
|
२२ पटक हेरिएको
Shares
सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति

सारांश

  • कुसुम भट्टराई माओवादी एउटा ‘तत्व’ हो ।
  • यो तत्व सरकारमा होस् या पार्टीमा, आफ्नो रणनीतिक चातुर्य अपनाउन माहिर छ ।
  • तेश्रो दल भएर पनि यसले विगतमा सत्तामा रजाइँ गर्दै आयो ।

कुसुम भट्टराई

माओवादी एउटा ‘तत्व’ हो । यो तत्व सरकारमा होस् या पार्टीमा, आफ्नो रणनीतिक चातुर्य अपनाउन माहिर छ । तेश्रो दल भएर पनि यसले विगतमा सत्तामा रजाइँ गर्दै आयो । यसपाली चुनावमा एमालेसँग मिलेर उसले सत्ताका लागि चलखेल गर्नसक्ने हैसियत बनाइहाल्यो । अब उसको चलखेल एमाले पार्टीभित्र पनि सुरु भएको छ ।

नेपाली राजनीतिको मौजुदा चरित्रलाई ध्यानमा राखी विश्लेषण गर्ने हो भने एमाले र माओवादीबीच एकिकरण भएर बन्ने नयाँ कम्युनिष्ट पार्टीभित्र माओवादी तत्वको एउटा आफ्नै गुट भइहाल्छ । अहिले एमालेभित्र माधव, ओली र झलनाथको गुट भए झैं प्रचण्डको पनि गुट भइहाल्छ । एकिकृत पार्टीभित्र महाधिवेशनमा नेतृत्वका लागि चुनाव हुँदा प्रचण्ड गुटको प्रभाव नहुने कुरै आएन ।

माधव, ओली र प्रचण्ड गुटबीचको त्रिपक्षीय शक्ति संघर्षका क्रममा माधव गुट र प्रचण्ड गुट एकातिर मिसियो भने ओली गुट धरापमा पर्नसक्ने अवस्था ठाडै देखिएको छ । त्यसका संकेतहरु अहिले नै देखिइसकेका छन् । अथवा माओवादी तत्वले ओली र माधववीचको अन्तरद्वन्द्वमा खेल्ने पुरानै रणनीति अपनाउन सक्छ ।

माधव र वामदेव गुटले प्रचण्डलाई नै एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्ने भनेर अहिले भनिरहनुको कारण आगामी महाधिवेशनमा प्रचण्ड गुटको समर्थन लिने तयारी नै हो । त्यसो भयो भने एमालेको अध्यक्ष हुने र सोही हैसियतले केही वर्षभित्रै मुलुकको प्रधानमन्त्री नै पड्काउने सपना पालेर बसेका महासचिव इश्वर पोखरेलका ती सपना सबै चकनाचूर हुनेछन् । किनकि, माधव गुट र प्रचण्ड गुट मिलेमा आगामी दिनमा प्रचण्ड प्रधानमन्त्री र माधव नेपाल एमालेको अध्यक्ष बन्नसक्ने सम्भावनालाई नकार्न सकिन्न । माधव नेपाल उमेर र स्वास्थ्यका दृष्टिले तगडै छन् ।

इश्वर पोखरेलको पालो आउँदासम्म एमालेमा अन्य नेताहरु पनि त्यसका लागि दाबेदार हुनेछन् । बामदेव कमरेडले पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष पड्काउन बाँकी नै छ । एकीकृत पार्टीमा यो उमेर हदबन्दीको नियम पनि परिवर्तन हुनसक्छ ।

अतः पार्टी एकिकरणको एउटै शिकार जब इश्वर पोखरेल हुँदैछन् भने किन उनले एकता प्रकृयामा बखेडा नझिक्ने ? इश्वर कमरेडलाई यो पार्टी एकीकरणबाट फाइदै छैन । सोही कारण उनी पनि भित्रभित्रै ओली नै अध्यक्ष र प्रधानमन्त्री दुवै हुनुपर्छ भन्दै एकता प्रकृया विथोल्न लागेको पाइन्छ ।

त्यति मात्र हैन, प्रचण्ड अध्यक्ष भएमा ओलीको आडमा पुरै लुम्बिनी अञ्चलमा एकखालको निरंकुशता लागू गरीरहेका विष्णु पौडेलको पनि त्यो तुजुक शान्त हुनेछ । प्रदेश नम्बर ५ मा त्यसै पनि कृष्णबहादुर महरा र शंकर पोखरेलहरु छँदैछन् । विस्तारै विष्णु पौडेलको पनि पकड खस्किँदै जाने भएकाले उनलाई पनि यो एकताबाट खासै फाइदा देखिँदैन ।

तर, एकताबाट भाग्न सक्ने अवस्थामा कोही पनि छैनन् । माओवादी तत्वले एमालेभित्र प्रभाव जमाएरै छाडनेछ । सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीतिले एमालेलाई पनि गाँज्नेछ । इश्वर पोखरेल र विष्णु पौडेलहरु पाखा लाग्नेछन् भने एमालेमा माधव गुटको ढाडमा टेकेर प्रचण्ड गुटले राजनीतिक चलखेल गरिरहने छ ।

(सञ्चारकर्मी भट्टराईको फेसबुक वालबाट)

प्रतिक्रिया

12 कमेन्ट

    Comment Author

    Vai Surya

    राजनीति को हिरो हो प्रचण्ड

    Comment Author

    रघुनाथ पाैडेल

    संङ्कै संङ्काको भाईरस ले नेपालमा राज गर्ने भो , अब के ? तंपैसंग असल सुत्र छन् भने गरिदेखाउनुस्न त ? अघी पनी नसर्ने तगारो मात्र तेर्सयएर देश बिकास हुन्छ र ?

    Comment Author

    Lion Uttam Silwal

    ईश्वर पोखरेल किन एकीकरण को विरुद्धमा छन भनेको त कारण येस्तो पो रैछ ! !

    Comment Author

    Bishnu Bhandari

    एमाले तेस्राे हुंदा उसकै दुईवटा प्र. मं. थिए क्यार हैन र???? याे त जाने मानेकै खेल रहेछ त है ।??

    Comment Author

    Meera Heju

    सहि कुरा ।

    Comment Author

    Bindash Yogesh Giri

    Good

    Comment Author

    Naba Raj Ghimire

    Kura ta sahi ho tara yo kura ba ko lagi sapana matra hune xa

    Comment Author

    Krishna Kathayat

    Gud

    Comment Author

    Bhim Shrestha

    कुरा सहि हो, जस्तो लग्यो !

    Comment Author

    Janak Raj Joshi

    POLITICAL KO HERO HOINA ZERO BANAUNU PARX PARCHANDLAI

    Comment Author

    Padambahadur Bohara

    wa wa

    Comment Author

    Beda P. Timilsina

    हैन खतरा ब्यक्ति भन्ने था छैन र ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 12
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?