वडाध्यक्षका तिम्ल्याहा छोरा!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
वडाध्यक्षका तिम्ल्याहा छोरा!

सारांश

  • खोटाङ – पछिल्लो समय जन्मान्तर कायम गरेर थोरै बच्चा जन्माउने दम्पत्तीको संख्या बढ्दो छ।
  • तर, खोटाङका दुई दम्पत्तीले एकै पटकमा तीन–तीन वटा बच्चालाई जन्म दिएका छन्।
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ललित राई र बिन्दा राईको एकै पटकमा तीन छोरा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ज्ञानबहादुर राई र देबिका राईको एकै पटकमा तीन छोरी जन्मिएको हो।

खोटाङ – पछिल्लो समय जन्मान्तर कायम गरेर थोरै बच्चा जन्माउने दम्पत्तीको संख्या बढ्दो छ। तर, खोटाङका दुई दम्पत्तीले एकै पटकमा तीन–तीन वटा बच्चालाई जन्म दिएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ललित राई र बिन्दा राईको एकै पटकमा तीन छोरा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ज्ञानबहादुर राई र देबिका राईको एकै पटकमा तीन छोरी जन्मिएको हो। ललित र लक्ष्मीको फागुन ३० गते तथा ज्ञानबहादुर र देबिकाको फागुन २० गते तीन–तीन वटा छोराछोरी जन्मिएको हो। १० दिनको अन्तरमा जन्मिएका नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ। हाल दुबै राई दम्पत्ती एकैसाथ जन्मिएको तीन-तीन वटा नवजात शिशुको हेरचाहमा व्यस्त छन्।

ललित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष पनि हुन्। उनको १७ वर्षकी एक छोरी छन्। लामो जन्मान्तरपछि काठमाडौंको बसुन्धारास्थित बीपी स्मृति अस्पतालमा बिन्दाले नर्मल तरिकाले तीन छोरा जन्माएकी हुन्। नवजात शिशुलाई हालसम्म अस्पतालकै निगरानीमा राखिएको छ।

यस्तै, बतासेकी देबिले भने घरैमा तीन वटी छोरीलाई जन्म दिएकी हुन्। ज्ञानबहादुर र देबिकाको यसअघि नै पाँच बालबच्चा जन्मिसकेका छन्। ज्ञानबहादुर र देबिकाको तीन वटै छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यचौकी बतासेका एचए माधव सुबेदीले बताए। ‘वडामा बर्थिङ सेन्टर छैन, घरैमा छोरी जन्माएकी हुन्,’ एचए सुबेदीले भने, ‘फागुन ४ गते स्वास्थ्य जाँचका लागि ल्याउँदा बच्चाको अवस्था नर्मल देखिएको छ।’

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dipak Gupta

    Badhai cha

    Comment Author

    Shanti Paudel

    La La badai xa hai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग
मृगौलापीडित महिलालाई प्रवासीको आर्थिक सहयोग
आजको मौसमः हिमाली भू-भागमा हिमपात र तराईमा हुस्सु लाग्ने सम्भावना
आजको मौसमः हिमाली भू-भागमा हिमपात र तराईमा हुस्सु लाग्ने सम्भावना
राजविराज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
राजविराज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति
उदयपुरमा आगलागीबाट ६६ लाख बराबरको क्षति
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
वायु सेवा निगमलाई सरकारले सँधैभरि पैसा दिईरहन सक्दैन् : मन्त्री अधिकारी (भिडियोसहित)
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !
रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होईन सलमानले गरेका हुन !
बागलुङमा जीप दुर्घटना, पत्रकार महासंघका पूर्व महासचिव मगर सहित १४ जना घाइते
बागलुङमा जीप दुर्घटना, पत्रकार महासंघका पूर्व महासचिव मगर सहित १४ जना घाइते
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल
बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ: प्रधानमन्त्री दाहाल