फिफा विश्वकप फुटबल-२०१८: यि हुन नयाँ नियमहरू !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
फिफा विश्वकप फुटबल-२०१८: यि हुन नयाँ नियमहरू !

सारांश

  • बिहिबार(भोलि) देखि  देखि सुरु हुने फिफा विश्वकप फुटबल मा केहि नयाँ निमय लागु हुँदैछ।
  • अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पहिलो पटक भिडियो असीसटेन्ट रेफ्री (भिएआर) प्रविधिको प्रयोग गर्दै छ।
  • यसका लागि फिफाले छुट्टै नियम बनाएको छ।

बिहिबार(भोलि) देखि  देखि सुरु हुने फिफा विश्वकप फुटबल मा केहि नयाँ निमय लागु हुँदैछ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पहिलो पटक भिडियो असीसटेन्ट रेफ्री (भिएआर) प्रविधिको प्रयोग गर्दै छ। यसका लागि फिफाले छुट्टै नियम बनाएको छ।

खेलका दौरान भएको सबै कुरा भिएआरले जस्तै गोल, पेनाल्टी तथा रातो कार्ड दिएको अवस्था लगायतमा पनि लगातार निगरानी गरिरहेको हुन्छ।

सो अवस्थामा कुनै गल्ती भएको पत्ता लाग्नेबित्तिकै रेफ्रीले ‘रिभ्यु’ नमागे पनि उसले रेफ्रीलाई सूचना दिन्छ। त्यहिअनुसार रेफ्रीले गोल, पेनाल्टी दिने, कार्ड दिने र आफुले गरेका गल्ति सच्याउन सक्छन्। रिभ्यु मागेको खण्डमा पनि रेफ्रीले उल्लेखित निर्णय गर्नेछन्।

केही कुरा मा रेफ्रीलाई कुनै शंका लागेमा रिभ्यु लिन सक्छन्। यदि रेफ्रीले रिभ्यु लिन चाहे तर खेल चलिरहेको छ भने दुवै टोलीको एक-अर्कामा गोल गर्न सक्ने अवस्थाबाहेक खेललाई रोकिदिनुपर्छ। रिभ्यु लिएपश्चात् खेल मैदान नजिकै राखिएको मोनिटरमा भिडियो रिप्ले देखाइन्छ र सो को आधार मै रेफ्रीले आफ्नो निर्णय सुनाउँछन्।

यता खेलाडीले अनावश्यक रुपमा भिएआरको अपिल गर्न भने पाउनेछैनन्। रोकिएको खेल सुरु भएपछि रेफ्रीको निर्णय नै अन्तिम हुनेछ। विश्वकपमा रेड कार्ड पाउने अवस्थामा पनि परिवर्तन भएको छ। यसअघि नराम्रो व्यवहार देखाएमा, जानीजानी गल्ति गरेमा र थुकेमा रेड कार्ड दिइने नियम थियो। अब भने टोकेमा पनि रेड कार्ड देखाउने नियम फिफाले बनाएको छ। टोकेमा रेड कार्ड देखाउने नियम विश्वकपमा पहिलो पटक लागू हुन लागेको हो। यसअघि सन् २०१४ को विश्वकपमा उरुग्वेका लुइस सुआरेजले इटालीका जर्जिरो चिलेनीलाई डी–बक्सभित्रै टोकेका थिए।

चिलेनीले आफ्नो बायाँ काधँमा सुआरेजले टोकेको डाम पनि देखाएपनि रेफ्रीले उक्त घटनामा कुनै कारवाही गरेनन्। यसपटक भने टोक्ने खेलाडीलाई मैदानमा रेड कार्ड दिने निमय लागू हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?