बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
१३ पटक हेरिएको
Shares
बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं

सारांश

  • आदरणीय कमरेड बालकृष्ण, क्रान्तिकारी अभिवादन ।
  • गणतन्त्र ल्याएको आरोपमा जसरी तपाईँलाई गिरफ्तार गरिएको छ ।
  • जनताले आफ्नो भविश्यको फैसला आफै गर्ने व्यवस्था ल्याउन तपाईँले भूमिका खेलेकै कारण तपाईँलाई जेल हालिएका सारा श्रमजीविहरुले बुझेका छन् ।

आदरणीय कमरेड बालकृष्ण, क्रान्तिकारी अभिवादन ।

गणतन्त्र ल्याएको आरोपमा जसरी तपाईँलाई गिरफ्तार गरिएको छ । जनताले आफ्नो भविश्यको फैसला आफै गर्ने व्यवस्था ल्याउन तपाईँले भूमिका खेलेकै कारण तपाईँलाई जेल हालिएका सारा श्रमजीविहरुले बुझेका छन् । उनीहरु तपाईँलाई सम्झँदै रातदिन रोइरहेका छन् कमरेड । जनताको भविश्यको लागि आफ्नो जीवनको बाजी लगाउने तपाईं र तपाईँजस्ता योद्धा जेलमा राखेर कमान्डरहरु सरकार र पार्टीको मुल्य गरिरहेका छन् ।

आफूसँग जनताले प्रश्न गरिरहेका छन्, जनयुद्धको जिम्मेवारी प्रचण्डले लिएका हुन् भने किन तपाईँलाई मात्रै जेल हालियो ? किन प्रचण्ड, बाबुराम र बादल महराहरु बोल्दैनन् ? हातमा हात काधमा काध मिलाउने उद्घोस गरेका नेतृत्वहरु तपाईँलाई जेल पठाएर किन आनन्दित भएका होलान् ? यी र यस्तै प्रश्न जनताले गरिरहेका छन् । यसको उत्तर हामीसँग छैन । सम्झँदा आक्रोस र पीडाले धड्कन निकै बढेको बढै छ । के गर्ने आफूलाई कन्ट्रोल गर्नुको विकल्प छैन ।

बाचेर पनि मरेसरह भएका जनयुद्धका कमाण्डरभन्दा नझुक्ने बरु जेलको सामना गर्ने हिम्मतप्रति सर्वहारा वर्गले सलाम गरेको नै छ । तर, गणतन्त्रलाई भजाएर सत्ता–भत्ता र लत्तामा बिकेका मान्छेलाई घृणा छ । यी दुई दिन सत्ता भत्तामा रमाउनुको कुनै अर्थ छैन । तपाईँले हिजो सत्यको बाटो हिडेकै कारण यो अवस्थाको आएको हो । क्षणिक रुपमा जेलमा कैद भएपनि सत्य पुष्टि भएरै छोड्छ कमरेड । तपाईँ हिजो पनि सत्य र भोली पनि सत्य हुनुहुनेछ । सत्यविरुद्ध जालझेल षड्यन्त्र जति गरेपनि टिक्ने छैन । तपाईंको सत्यलाई दुईचार दिन कसैले अपहरण गरेपनि विचार मार्न कसैले सक्नेवाला छैनन् ।

आदरणीय कमरेड, वर्गीय नाताले म यति बेला एकदमै भावुक निराश र आँखाबाट आसुका धारा बगिरहेका छन् । सुन्दर संसार निर्माण गर्ने भन्दै जनयुद्धको नेतृत्व गरेका कमाण्डर आफै रछ्यानमा पुगेको देख्दा निकै उद्देलित बनाउछ । जनयुद्धको कमाण्डरले गरेको आत्मसमर्पण गरेकै कारण तपाईँलाई पिजडामा राखिएको हो । त्यो पालो हाम्रो पनि आउनेछ । यो कुरा हामीलाई राम्रोसँग थाहा छ । कि त हामीले आत्मसमर्पण गर्न तयार हुनुपर्ने छ नत्र जेल जान तयार हुनुपर्ने छ । अहिले तपाईँको गिरफ्तारीले सहिद परिवार पनि चिन्तित छन् ।

कमरेड, सँगै जनयुद्ध लडेकाहरु कोही आफैले ‘खसीको टाउको झुण्ड्यार कुकुरको मासु बेच्ने’ भनेर गाली गरेको घरको ढोकाभित्र प्रवेश गरिसकेका छन् भने कोही फेरि यात्रामै छन् । त्यसैगरी जनयुद्धका घाइते योद्धाहरु शरीरभरी बम र गोलीका पोका बोकेर मरुभूमिमा भेडाको गोठालो लागेर शरीरका अंगबाट पिप निचोर्दै गुजरा गरिरहेका छन् । म आफैपनि जीवन गुजराकै लामो समय विदेशी भूमिमै त्यसैगरी पसिना र आँसु बगाएर फर्किएको हुँ । नेपालमै सुन्दर संसार देखेका युवाहरु विदेशमा आफ्नो भविश्य देख्नु पर्ने अवस्था दोहोरिएको छ ।

सहिद परिवार बेपत्ता परिवारको घरमा यसबेला रुवाबासी छ । किनभने गणतन्त्र ल्याउनेहरु अपराधी हुनेभए, हाम्रा छोराछोरीले बगाएको रगत खेर गयो भन्दै रुँदै बसिरहेका छन् । तपाईँको गिरफ्तारीले सहिद परिवारलाई थप पीडा थपिएको छ । कमरेड, तपाईँको घाइते शीरर पिजडाभित्र बिताउन निकै नै कष्ट भएको होला तर यहाँ क्रान्तिकारीहरु अझै मुक्तिको सपथ खाइरहेका छन् । जेलनेल र लुटतन्त्रविरुद्ध क्रान्तिको रथ अगाडि बढिसकेका छन् ।

क्रान्तिको गतिसँगै हाम्रो मिलनको लागि सोँचेको बर्गिय सत्ता बिना सम्भव छैन । तपाईंलाई पिजडामा कैद गरिएको छ भने हामी जेल नगए पनि दुःखको जीवन जेलमै भएजस्तो गरि बिताइरहेका छौं । तर जनयुद्धका कमाण्डरहरु व्यक्तिगत जीवनमा फर्केका छन् । उनीहरुलाई न तपाईँ जेल पर्दा चिन्ता छ न हामीले घाइते शरीर बोकेर खाडी जाँदा । यसको नीजि जीवनसँग कुनै साइनो नै छैन ।

कमरेड, तपाईँ गिरफ्तार हुँदा प्रचण्ड–बाबुरालाई नदुखेपनि हामीलाई भने भतभती पोलेको छ । हामीले आवश्यक परे बालकृष्ण बन्न तयार भएका छौँ । हामीले भनेको पनि छौं, सक्छौं भने सबै उत्पीडितहरुको घरघरमा वारेन्ट पुर्जी टाँस । बालकृष्णको भौतिक शीररलाई जेलमा हालेपनि विचारलाई भने कैद गर्न सक्ने छैनन् । तपाईँ जेल जाँदा हजारौं बालकृष्ण बन्न तयार भएका छन् ।

कमरेड तपाईँले प्रचण्डलाई लेखेको पत्र पनि पढेँ । त्यो भन्दा पहिला मैले तपाईँको विषयलाई लिएर प्रचण्डलाई खुल्लापत्र लेखेको थिएँ । आम सर्वहारा वर्गले तपाईँको स्वास्थ्यको चिन्ता पनि गरेको छ । स्वास्थ्यको ख्याल गर्नुहोला । प्रचण्ड र बाबुरामको लागि तपाईँ आवश्यक नभएपनि आम गरिखाने वर्गको लागि तपाईँको आवश्यकता छ । तपाईँसँग ठूलो आशा गरेका जनताको लागि अझै धेरै गर्नुछ । त्यसैले उनीहरु एक दिन पर्खाल तोड्न आउनेछन् ।

कमरेड, धेरै लेख्ने भनेर सुरु गरेको थिएँ । तर, हात काप्यो, मुटुको भड्कन बढेर भन्न खोजेको कुरा पनि समजमा आएन । केही हरफ कोरे । पत्रको अन्त्यमा छु । बहुसंख्यक जनताको सुन्दर, सुखद र समृद्ध संसारको उदय नभएसम्म उत्पीडितहरु सबै महाजेलभित्र नै छन् । हामी जेल बस्नु र घरमा बस्नु अर्थ थोरै फरक भएपनि हाम्रो आस्थाको साम्यवाद नआउँदासम्म शासकहरुको दमन जेल भन्दापनि कम चुनौती छैन । क्रान्तिले पूर्णता पाएको छैन । तपाईँलाई माया गर्ने वर्गले भेटको प्रतिक्षा गरिहेको छ । प्रतिक्षाको घडी सकियो भने डिल्लीबजारमा उकालो हुँदै तपाईँलाई भेट्न आउनेछन् ।

हवस्त उही टिकाराम ओली, पूर्व जनमुक्ति सेना

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    नयाँ बनाऊने बेला भएको छ कूल्ली खोज्न नपर्ने भयो

    Comment Author

    Narayan Prashad Paudel

    जनमुक्ति सेना लई नेपाली जनताको पर्ण साथ रहने,छ।

    Comment Author

    Manoj Lamichhane

    किन पर्खी रा को ?

    Comment Author

    Susma Pangbohang

    Terima jyan mara ho ….

    Comment Author

    Rajendra Bhattachan

    कीन भत्काउनपर्‍यो पर्खाल, अब डाडु पनेउ आफ्नै हातमा आउदै छ। प्रचण्ड कमरेड्को एउटै फोनले कामगरी हाल्छ नी।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?