हत्या आरोपमा आफ्नै बाबु र दाजु पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
हत्या आरोपमा आफ्नै बाबु र दाजु पक्राउ

सारांश

  • गौशाला ।
  • महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी/बहिनी गौशाला नगरपालिका–२ बस्ने विक्रम महतोकी पत्नी २५ वर्षीया सन्तोलियाकुमारी महतोलाई सलको पासो लगाई घाँटी कसेर हत्या गरी गौशाला नगरपालिका–८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको खोल्सीमा फालेको अवस्थामा प्रहरीले उनको लाश फेला पारेको थियो ।

विसं २०६९ मा गौशाला–२ बस्ने विक्रम महतोसँग विवाह बन्धनमा बाँधिएकी सन्तोलिया पति वैदेशिक रोजगारीमा खाडी मुलुकमा रहेको अवस्थामा माइती र घर कतै नबसी सधैँ परपुरुषहरुसँग अनैतिक सम्बन्ध बनाउँदै बाहिर बाहिरै हिँडेकीमा उनका घरपरिवार र माइती पक्षसमेतले सम्झाई बुझाई गर्दा पनि नमानेपछि उनका बाबु र दाजुले उनलाई माइतमा बोलाई नाक, मुख थुनेर सलले कसेर कर्तव्य गरी मारेको प्रहरी उपरीक्षक लम्सालले बताए ।

महतो बाबु÷छोरालाई इलाका प्रहरी कार्यालय, गौशालाले पक्राउ गरी महोत्तरी जिल्ला अदालतमा म्याद थप गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
बैंकका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी
लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
तुलसीको विवाह गर्दै आज हरि बोधिनी एकादशी मनाइदै
तुलसीको विवाह गर्दै आज हरि बोधिनी एकादशी मनाइदै
महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड
महिलाविरुद्धको विभेद र हिंसा निराकरण गरी अधिकार सुनिश्चित गर्न राष्ट्रपतिको जोड
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा तीव्र गतिका आरोहीप्रति श्रद्धाञ्जलि
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल
मिडिया बाट पृथक रहेर लोकतन्त्र बलियो नहुने : मुख्य मन्त्री पोखरेल