प्रचण्डको भूमिकाप्रति ओली संशकित
सारांश
- काठमाडौं, पुस २१ ।
- एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डको भूमिकाप्रति संशकित देखिएका छन् ।
- निर्वाचन आयोगका प्रमुख अयोधी प्रसाद यादवलाई प्रचण्डले प्रयोग गरेर निर्वाचन परिणाम सार्वजनिक ढिलाई गरेको भन्दै ओली संशकित भएका हुन् ।
काठमाडौं, पुस २१ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डको भूमिकाप्रति संशकित देखिएका छन् । निर्वाचन आयोगका प्रमुख अयोधी प्रसाद यादवलाई प्रचण्डले प्रयोग गरेर निर्वाचन परिणाम सार्वजनिक ढिलाई गरेको भन्दै ओली संशकित भएका हुन् ।
स्रोतका अनुसार ओलीको बुझाईमा सरकार गठनअघि नै पार्टी एकताको विषयमा माओवादी अध्यक्षले आफूलाई अप्ठ्यारोमा पारेर बढि फाइदा लिन खोजेका छन् ।
जसको कारण माओवादीले पटक–पटक कोसिस गर्दा पनि एकता संयोजन समिती र शीर्ष नेताहरुबीच छलफल हुन सकेको छैन् । यतिबेला ओली निकटका नेताहरु र सञ्चारमाध्यमहरुले प्रचण्डविरुद्व र आफ्नै पार्टीका माधव नेपाल पक्षका नेताहरुविरुद्व अभियान चलाउँदै आएका छन् ।
ओली पक्षका नेताहरु पार्टी अध्यक्ष र प्रधानमन्त्री ओली नै हुनुपर्ने बताइरहँदा नेपाल पक्षका नेताहरु भने प्रचण्डलाई पार्टी अध्यक्षको रुपमा स्वीकार गरेर जान सकिने अभिव्यक्ति दिएका छन् ।
पार्टी एकताको विषयमा माओवादी नेताहरुले पनि पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली हुनुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया