मालिकामा यस्तो देखिइन् कर्णालीकी छोरी कमला (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मालिकामा यस्तो देखिइन् कर्णालीकी छोरी कमला (भिडियोसहित)

सारांश

  • काठमाडौँ, ४ भदौ ।
  • रेखा थापा अभिनित तथा निर्देशित चलचित्र मालिकाको दोस्रो गीत सार्वजनिक गरिएको छ ।
  • आस्था राउतको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ ।

काठमाडौँ, ४ भदौ । रेखा थापा अभिनित तथा निर्देशित चलचित्र मालिकाको दोस्रो गीत सार्वजनिक गरिएको छ । आस्था राउतको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ ।


गीतको भिडियोमा रेखा थापा सहित नयाँ कलाकार कमला ओली देखिएकी छन् । आफ्नो पहिलो फिल्म खेलिरहेकी कमला यो गीतमा एक खेलाडिको रुपमा देखाएकी छन् ।

निकै जोश भरिएको र यस गीतमा रेखा कमलालाई प्रशिक्षण दिइरहेको देखाउन खोजिएको छ । जहाँ कमला ग्रामीण पृष्ठभुमिबाट बाल विवाहको शिकार भइ आएकी पात्रको रुपमा देखिएकी छन् ।
यस भिडियोमा पूर्व पश्चिम राजमार्गका विभिन्न भाग र पहाडी इलाकाका सुन्दर दृष्य देखाइएको छ ।


कार्तिक २१ मा रिलिज हुने यस फिल्मलाई सरस्वति थापाले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?