भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
३० पटक हेरिएको
Shares
भाग्यमानीको भुतै कमारो : वडा सदस्यमा हारेपछि सांसद

सारांश

  • काठमाडौं, १७ पुस ।
  • “भाग्यमानीको भुतै कमारो” त्यसै भनिएको होइन ।
  • हुनेलाई जहाँ र जे गरे पनि भइहाल्छ ।

काठमाडौं, १७ पुस । “भाग्यमानीको भुतै कमारो” त्यसै भनिएको होइन । हुनेलाई जहाँ र जे गरे पनि भइहाल्छ । मिक्वाखोला गाउँपालिकाको खोक्लिङकी होमकुमारी साँवाको जीवनमा यो उखान चरितार्थ भएको छ ।

वडा सदस्यमा पराजित साँवा सांसद बनेको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, साँवा एमालेका तर्फबाट प्रदेशसभा सदस्य बन्ने भएकी छन् । उनी असार १४ गते भएको स्थानीय निर्वाचनमा वडा सदस्यमा पराजित भएकी थिइन् । एमालेबाट वडा नं. १ को सदस्यमा चुनाव लडेकी साँवाले कांग्रेस उम्मेदवारसँग पराजय बेहोर्नुपरेको थियो ।

एमालेले यिनै साँवालाई प्रदेश नम्बर १ मा समानुपातिकतर्फ सदस्य बनाउने निर्णय गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Yogesh Oli

    5 नमर अमाकेलागि मलाचाय हृझृर

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?