गृहको सर्वेक्षणः एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७९
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ।
  • सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो।

काठमाडौं। संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ। सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो।

गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ।

एक्ला एक्लै निर्वाचनमा गए काँग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ। त्यसैगरी एमालेले ७० सिट र माओवादीले ८ सिट जित्ने रिपोर्ट निकालिएको छ। मन्त्रालयले यसको अलवा अर्को रिपोर्ट पनि बनाएको छ। सो रिपोर्टअनुसार माओवादी केन्द्र जता मिल्यो उतै भारी बहुमत आउने देखिएको छ।

एमाले र माओवादी मिल्दा करिब दुई तिहाइ बहुमत आउने तथ्यांकले देखाएको छ। एमाले र माओवादी मिल्दा १४५ सिट आउने र काँग्रेस र माओवादी मिल्दा १०९ सिट मात्र जित्ने सो तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?