बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
सारांश
- काठमाडौं, पुस २१ ।
- प्रधानमन्त्री निवासबालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।
- दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
काठमाडौं, पुस २१ । प्रधानमन्त्री निवासबालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
आजको बैठकले राष्ट्रिय सभा चुनावको मिति घोषणा गर्ने छ । निर्वाचन आयोगले माघ २५ गते राष्ट्रिय सभा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।
हिजो मात्रै प्रधानमन्त्री देउवाले यस विषयमा पाँच दलका नेताहरुसँग छलफल गरेका थिए ।
प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानीबारे पनि छलफल भइरहेको छ । तर आजको मन्त्रिपरिषद्ले यी विषयमा टुंगो लगाउने सम्भावना भने कम छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया