बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने

सारांश

  • काठमाडौं, पुस २१ ।
  • प्रधानमन्त्री निवासबालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।
  • दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

काठमाडौं, पुस २१ । प्रधानमन्त्री निवासबालुवाटारमा केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

आजको बैठकले राष्ट्रिय सभा चुनावको मिति घोषणा गर्ने छ । निर्वाचन आयोगले माघ २५ गते राष्ट्रिय सभा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।
हिजो मात्रै प्रधानमन्त्री देउवाले यस विषयमा पाँच दलका नेताहरुसँग छलफल गरेका थिए ।

प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानीबारे पनि छलफल भइरहेको छ । तर आजको मन्त्रिपरिषद्ले यी विषयमा टुंगो लगाउने सम्भावना भने कम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?