छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि‘

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
३९ पटक हेरिएको
Shares
छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि‘

सारांश

  • काठमाडौं, ३ चैत्र ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विहानै छापा मारेर कालो बजारीका आठ लाख मास्क बरामद गरेको छ ।
  • चन्द्रागिरी नगरपालिकाको सतुंगलबाट १८० बोरामा राखिएका आठ लाख मास्क बरामद भएको हो ।

काठमाडौं, ३ चैत्र । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विहानै छापा मारेर कालो बजारीका आठ लाख मास्क बरामद गरेको छ । चन्द्रागिरी नगरपालिकाको सतुंगलबाट १८० बोरामा राखिएका आठ लाख मास्क बरामद भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालका अनुसार कालोबजारीको सूचनाका आधारमा छापा मारिएको हो । प्रशासन र प्रहरीसहितको टोली छापा मार्न पुगेको थियो ।

काठमाडौं उपत्यकामा कालोबजारी बढेको सूचनाका आधारमा धमाधम छापा मार्ने क्रम बढेको हो । मास्कको मूल्य दश गुनासम्म बढीमा विक्रीवितरण गर्न थालेपछि प्रहरी र प्रशासनले धमाधम छापा मारेको हो ।

जिल्ला प्रशासन कार्यालयका काठमाडौंका प्रमुख दाहालले कालोबजारी कसैलाई नछाड्ने बताए । अप्ठ्यारो परेको बेलामा कालोबजारी गर्नेलाई कडा कारबाहीको चेतावनी दिए । टिम नै परिचालन गरी कारबाही बढाइएको बताए ।

कोरोना भाइरसको नाममा देशभित्र कालोबजारी बढेपछि प्रशासन र प्रहरीले धमाधम छापा मार्न थालेको हो । उत्पादन मूल्य दुई रुपैयाँ प्रति गोटा पर्ने मास्क सामान्यतयाः पाँच रुपैयाँले विक्रीवितरण हुँदै आएको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्वभर बढेपछि ५० रुपैयाँ प्रतिगोटामा विक्रीवितरण गरेर कालोबजारी हुँदै आएको छ । मास्कको कालोबजारी गरेर करोडौं कमाउने गिरोह सक्रिय भइरहेको छ । उपभोक्ताले यसबारे चासो देखाएपछि प्रशासन सक्रिय भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता-भट्टराई
वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता-भट्टराई
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
नेपालमा परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै, संसदमा विधेयक दर्ता
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
अरुण तेस्रो लगायतका राष्ट्रघाती सन्धि खारेजी माग्दै राजधानीमा प्रदर्शन
मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी
मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी
भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।
भूमि विधेयकविरुद्ध जसपा नेपालको जनजागरण कार्यक्रम भोलिदेखि रौतहटमा सुरु।
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
निर्मला पन्तका बाआमा प्रधानमन्त्री ओलीलाई भेट्दै
निर्मला पन्तका बाआमा प्रधानमन्त्री ओलीलाई भेट्दै