७०० बालबालिका अझै हिरासतमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
३० पटक हेरिएको
Shares
७०० बालबालिका अझै हिरासतमा

सारांश

  • अमेरिका, ११ साउन ।
  • गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेक्रममा बाबुआमाबाट अलग पारिएका बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउन अदालतले तोकेको म्याद सकिएको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आदेशका कारण मेक्सिको सीमाबाट पक्राउ गरिएकामध्ये अझै ७०० भन्दाबढी बालबालिकालाई हिरासतमै राखिएको छ ।

अमेरिका, ११ साउन । गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेक्रममा बाबुआमाबाट अलग पारिएका बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउन अदालतले तोकेको म्याद सकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आदेशका कारण मेक्सिको सीमाबाट पक्राउ गरिएकामध्ये अझै ७०० भन्दाबढी बालबालिकालाई हिरासतमै राखिएको छ ।

परिवारको सदस्य भएको पुष्टी गर्ने कागजातको अभाव रहेका, आपराधिक पृष्ठभूमि भएका र सरुवा रोगबाट पीडित कतिपय अभिभावक आफ्ना बालबच्चा लिन अधिकारीसम्म पुग्न नसकेको बताइएको छ । यी बालबालिकाका अभिभावक अमेरिकाको नै विभिन्न स्थानमा छरिएर रहेका र केहीलाई भने उनका नै देशमा फर्काइएको हुनाले पुनर्मिलन प्रक्रिया थप जटिल भएको छ ।

अदालतको आदेशबाट पाँच वर्षसम्मका एक हजार ४४२ बालबालिका उनीहरुका आमाबाबुलाई बुझाइसकिएको छ । आप्रवासीसम्बन्धी ट्रम्पको नयाँ नीति लागू भएपछि २,५०० आप्रवासी बालबालिकालाई नियन्त्रणमा लिई सीमावर्ती क्षेत्रका हिरासतमा राखिएको थियो । बाल अधिकारको हनन भएको भन्दै चौतर्फी विरोध भएपछि बालबालिकालाई हिरासतमा राख्ने निर्णयबाट ट्रम्प प्रशासन पछि हटेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?