यस्तो छ दीपिका पादुकोणको आलिसान महल

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २२, २०७४
|
|
२७ पटक हेरिएको
Shares
यस्तो छ दीपिका पादुकोणको आलिसान महल

सारांश

  • ३२ वर्षीय दीपिका पादुकोण अहिले बलिउड फिल्मकी सर्वाधिक व्यस्त र चर्चित मध्येकी एक हिरोइन हुन् ।
  • डेनमार्कको कोपेनहेगनमा जन्मिएकी उनी यतिबेला फिल्म ‘पद्मावती’का कारण पनि विशेष चर्चामा छिन् ।
  • दीपिक बलिउडकै सर्वाधिक सम्पत्ति आर्जन गर्ने मध्येकी पनि एक हिरोइन हुन् ।

३२ वर्षीय दीपिका पादुकोण अहिले बलिउड फिल्मकी सर्वाधिक व्यस्त र चर्चित मध्येकी एक हिरोइन हुन् । डेनमार्कको कोपेनहेगनमा जन्मिएकी उनी यतिबेला फिल्म ‘पद्मावती’का कारण पनि विशेष चर्चामा छिन् । दीपिक बलिउडकै सर्वाधिक सम्पत्ति आर्जन गर्ने मध्येकी पनि एक हिरोइन हुन् । फोब्र्सको सूचि अनुसार २०१६ मा उनी बलिउडकै सर्वाधिक कमाउने हिरोइनमा एक नंवरमा थिइन् ।दीपिकाको आम्दानी र फिल्मको मात्रै होइन उनको घरको पनि बलिउडमा राम्रै चर्चा हुने गर्छ । मुम्बईभन्दा बाहिरबाटअ आई आलिशान घरमा बसिरहेका कारण पनि उनको विशेष चर्चा हुने गरेको हो । २०१० मा उनले खरिद गरेको उनको घर मुम्बईको प्रभादेवी इलाकाको ब्यू मोण्डे टावरको २६ औँ तल्लामा रहेको छ । बेडरुम, हल र किचेन सहित ४ कोठाको उनको घरको क्षेत्रफल २७७६ वर्ग फिटमा फैलिएको छ ।

उनले आफ्नै घरमा २०१२ मा केही समय अघि फोटोसुट गराएपछि उनको घरको बारेमा सर्वसाधारणलाई थाहा भएको हो । १६ करोड भारतीय रुपैयाँ किनिएको निकै नै सुन्दर देखिने उनको घरको इन्टेरियर डिजाइन विनिता चैतन्यले गरेकी हुन् ।

 

यही घर रहेको अपार्टमेन्टको ३३ औँ तल्लामा दीपिकाले आफ्नो अफिस पनि बनाएकी छिन् । अफिस चाँही उनले २०१६ मा खरिद गरेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?