मेलम्चीको नयाँ भाका, १५ महिनापछि पानी वितरण, पत्याउनु हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ७, २०७६
|
|
३९ पटक हेरिएको
Shares
मेलम्चीको नयाँ भाका, १५ महिनापछि पानी वितरण, पत्याउनु हुन्छ ?

सारांश

  • मेलम्ची भन्नासाथ सबैको दिमागमा निराशा छाउँछ होला सायद ।
  • नेपालको इतिहासमै सबैभन्दा बढि चर्चामा रहेको खानेपानी आयोजना हो मेलम्ची ।
  • मेलम्चीको पानी काठमाण्डौ ल्याएर जनतालाई वितरण गर्ने भनिएको यो योजना अलपत्र जस्तै छ ।

मेलम्ची भन्नासाथ सबैको दिमागमा निराशा छाउँछ होला सायद । नेपालको इतिहासमै सबैभन्दा बढि चर्चामा रहेको खानेपानी आयोजना हो मेलम्ची । मेलम्चीको पानी काठमाण्डौ ल्याएर जनतालाई वितरण गर्ने भनिएको यो योजना अलपत्र जस्तै छ । पटक पटक निर्माण सम्पन्न गर्ने भाका तोकियो । तर सबै भाका तरेर गए । अहिले फेरी १५ महिनाभित्रमा आयोजना निर्माण सम्पन्न गर्ने नयाँ समयावधी सार्वजनिक भएको छ ।

गत वर्ष मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ निर्माण सकिएप्छि खानेपानी तथा सरसफाईमन्त्री बीना मगरले दशैँसम्ममा मेलम्चीको खानेपानी राजधानीमा वितरण भइसक्ने बताउनु भएको थियो । तर कामको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी नै काम छाडेर भागेको थियो । कम्पनी भागेपछिको समस्या धेरै समय रहिरह्यो । लामो समयसम्म बाँकी काम सम्पन्न गर्न कसलाई जिम्मा दिने भन्नेमा सरकार अड्कियो ।

अन्ततः चिनियाँ कम्पनी सिनोहाइड्रोलाई जिम्मा दिइएको छ । खानेपानी विकास समितिका अनुसार नया ठेक्का पाएको चिनियाँ कम्पनी सिनोहाइड्रोले चाडैनै काम सुरु गर्ने बताइएको छ । निर्माण व्यवसायीले इमान्दारीपूर्वक काम गरेको अवस्थामा अवको १५ महिना भित्र मेलम्चीको पानि घर घर सम्म पुग्ने खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तको दावी छ ।

आयोजनाले १५ महिनाको भाका दिए पनि सर्वसाधारण भने विश्वस्त हुन सकेका छैनन् । पटक पटक ढाँटेको सरकारले अझै पनि समयमा काम सक्ला भन्ने अपेक्षा गर्न नसकिने नागरिकको तर्क छ । वि.सं. २०६५ सालमा सिआरसिसि नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । बि.सं २०६९ मा सीआरसीसी कम्पनीसँग सम्झौता भंग भएको थियो । मेलम्ची खानेपानी विकास समितिले इटालीको सीएमसी कम्पनीसँग वि.सं. २०७० असार ३१ मा दोस्रो निर्माण सम्झौता गरेको थियो ।

मेलम्ची खानेपानी विकास समिति र सिएमसीबीच ७ अर्व ७२ करोड ३४ लाखमा प्रारम्भिक निर्माण सम्झौता भएको थियो । खानेपानी मन्त्रालयका अनुसार हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । तर, बाँकी काम कहिले सकिन्छ र काठमाण्डौ उपत्यकामा खानेपानी वितरण हुन्छ त्यो भने ठेगान छैन ।

(https://www.smallhandsbigart.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा
पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा
राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति समक्ष राजदूतद्वयको ओहदाको प्रमाणपत्र प्रस्तुत
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, देशभर कुल संक्रमित संख्या २३ हजार नजिक पुग्यो
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, देशभर कुल संक्रमित संख्या २३ हजार नजिक पुग्यो
अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर
अमेरिकी डलर सामु नेपाली रुपैया अहिले सम्म कै कमजोर
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
इरानलाई हराउँदै जापान एसियन कप फुटबलको फाइनलमा
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको अनावरण !
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?
स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य
विवाहमा किन लगाइन्छ साइँली औँलामा औँठी ? यस्तो छ रहस्य