सफा र स्वच्छ वायु भएको काठमाडाँै बनाउन कार्ययोजना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
सफा र स्वच्छ वायु भएको काठमाडाँै बनाउन कार्ययोजना

सारांश

  • वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडाँै उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडाँै उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ ।
  • मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडाँै उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो ।
  • विभागले बुधबार सरोकारवाला निकाय र वातावरण विषयका जानकारहरुसँग काठमाडाँै उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासम्बन्धी छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडाँै उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडाँै उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ ।मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडाँै उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो ।

विभागले बुधबार सरोकारवाला निकाय र वातावरण विषयका जानकारहरुसँग काठमाडाँै उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासम्बन्धी छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ ।अन्तरक्रिया उद्घाटन कार्यक्रममा वनमन्त्री शक्तिबहादुुर बस्नेतले कार्ययोजनाले वायु प्रदूषणका समस्याको पहिचानका साथै समाधानका लागि सरोकारवाला निकायको समन्वयमा प्रभावकारी पहल गर्न सहज हुने बताउनुभयो ।

प्रदूषण नियन्त्रणका लागि नीति र कानूनको व्यवस्था भइसकेको र संरचनागत व्यवस्थाका बारेमा छलफल अघि बढेको बताउँदै उहाँले कार्ययोजनाअनुसार मुलुकका ठूला शहरको प्रदूषण नियन्त्रण गर्ने लक्ष्य निर्धारण अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले काठमाडौँ उपत्यकामा प्रदूषणले सीमा नाघ्न लागेको भन्दै वर्तमानका आवश्यकता पूरा गर्ने र भावी सन्ततिलाई पर्यावरणीय सुरक्षा हुने गरी मानवीय क्रियाकलाप गर्नुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । साथै उहाँले अनुसन्धानबाट प्राप्त सुझाव लागू गर्नुपर्ने र प्रदूषण नियन्त्रणका लागि शैक्षिक एवं औद्योगिक समुदायमा पुगेर जनचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।

वनसचिव डा विश्वनाथ ओलीले मुलुकको बदलिँदो परिस्थितिमा यसअघि नै तयार भएको सोसम्बन्धी कार्ययोजनालाई परिमार्जनका लागि छलफल गर्न लागिएको बताउँदै विज्ञहरुबाट प्राप्त हुने सुझावले सरकारलाई निर्णय लिन सहज हुने बताउनुभयो । विभागले सन् २०१७ मा सोसम्बन्धी कार्ययोजना बनाई तयार गरे पनि लागू हुनसकेको थिएन । सोही कार्ययोजनालाई मुख्य आधार बनाई परिमाजर्नसहित छलफल आयोजना गरिएको हो ।

यातायातका क्षेत्र तथा निर्माण गतिविधिबाट हुने र उद्योग प्रतिष्ठानबाट हुने प्रदूषण न्यूनीकरण गर्नु, वातावरणमैत्री तवरबाट फोहरमैलाको व्यवस्थापन गरी वायु प्रदूषण न्यूनीकरण गर्नु र घरभित्रको वायु प्रदूषण न्यूनीकरण गर्नु कार्ययोजनाको उद्देश्य रहेको छ ।

यसैगरी वायु प्रदूषणको अवस्था, कारण र असर एवं न्यूनीकरण एवं रोकथामका सम्बन्धमा जनचेतना जगाउनु, वायु गुणस्तर व्यवस्थापन निर्णय सहयोग प्रणालीको विकास गर्नु, आपत्कालीन अवस्थामा वायु प्रदूषणका व्यवस्थापन गर्नु र वायु प्रदूषण न्यूनीकरणका लागि नीतिगत, कानूनी तथा संरचनाका सुदृढीकरण गर्दै आर्थिक स्रोतको सुनिश्चितता गर्नु कार्ययोजनाको उद्देश्य छ ।

विभागको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाको वायुको गुणस्तर सरकारको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डविपरीत रहेको पाइएको छ । उपत्यकामा वायु प्रदूषणजन्य रोगहरुको जोखिम बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ३७ हजार मानिसको मृत्यु भएको थियो ।

विभागबाट सन् २०१७ मा गरिएको अध्ययनमा वायु प्रदूषणका मुख्य स्रोतहरुमा यातायातका साधन, सडकमा जम्मा भएको धुलो, उद्योग, इँटाभट्टा, निर्माणजन्य गतिविधि, खुलारुपमा जलाउने कृषिजन्य एवं अन्य फोहर आदि रहेका छन् ।

(emdrprofessionaltraining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु
ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु
खानी दुर्घटनामा १३ जनाको मृत्यु
खानी दुर्घटनामा १३ जनाको मृत्यु
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
ओली-प्रचण्ड बीच कुरा मिलाउने प्रयास फेरि विफल, एक-अर्कामाथि कारबाहीसम्मको तयारी
प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट बडादशैंको टीका प्रदान ःफोटो फिचर
प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट बडादशैंको टीका प्रदान ःफोटो फिचर
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
टोखामा काँग्रेस अगाडि
टोखामा काँग्रेस अगाडि
प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने
प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने
‘म वाध्यताले राष्ट्रपति भएको थिएँ’ : पूर्वराष्ट्रपति यादव
‘म वाध्यताले राष्ट्रपति भएको थिएँ’ : पूर्वराष्ट्रपति यादव
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन

तपाईंले छुटाउनुभयो कि?