म्यादी प्रहरीको तालिमको क्रममा तीन जनाको मृत्यु
सारांश
- म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ ।
- बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो ।
- शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ ।
बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए ।
लगतै अस्पताल पुर्याएको र उनको मृत्यु भएको प्रहरी उपरीक्षक टेकबहादुर राईले बताए ।
यस्तै खोटाङ, सतेश्वरका २४ वर्षीय किशोर निरौलाको पनि मृत्यु भएको छ । तालिमका क्रममा बेहोस भएका उनको उपचारका क्रममा निधन भएको हो ।
यस्तै बिराटनगर- १६ का तुलसी राजवंशीको लडेर निधन भएको प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले जानकारी दिए ।हामीले यो खवर अनलाईनखवर बाट लिएका हौ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया