यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
४६ पटक हेरिएको
Shares
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !

सारांश

  • काठमाडौं, माघ १७ ।
  • नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) मदन बहादुर मल्लले जुवाडेको पैसा लुटेको समाचार बाहिर आएको छ ।
  • यतिबेला सई मल्लमाथि लुटपाटमा संलग्न भएको आरोप लागेको छ ।

काठमाडौं, माघ १७ । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) मदन बहादुर मल्लले जुवाडेको पैसा लुटेको समाचार बाहिर आएको छ । यतिबेला सई मल्लमाथि लुटपाटमा संलग्न भएको आरोप लागेको छ ।

महानगरीय प्रहरी प्रभाग कलंकीमा कार्यरत मल्ल र प्रहरी जवान मनोहर बुढाले जुवाडेलाई लखेटेर पैसा लिएर हिँडेको पीडितको आरोप छ । सोमबार कलंकीको सगुन होटलमा प्रहरीले नै जुवाखाल कब्जा गरेर खालको पैसा लुटेको आरोप लागेको छ ।

सोमबार मध्यान्ह होटलमा ३ पुरुष र दुई महिला तास खेलिरहेका थिए । त्यस्तोमा सिपाहीलाई बाईक चलाउन लगाएरसई मल्ल होटल पुगेका थिए ।

स्रोतकाअनुसार मल्लले ४ लाख ५० हजार र प्रहरी जवान बुढाले १२ हजार नगद र मोवाईल लिएर मोटरसाईकलमा हिँडेका थिए । घटनापछि महानगरीय प्रहरी परिसर काठमाडौंले छानविन शुरु गरेको छ ।

प्रहरी जवान मनोहर बुढा निलम्बनमा परिसकेका छन् भने मल्ललाई विभागीय कारवाहीका लागि महानगरीय प्रहरी कार्यालयमा कागजात गरेर राखेको प्रहरीले जानकारी दिएको छ ।

घटना घटेको केही घण्टापछि एकजना जुवाडे आफ्नो मोवाइल लिन महानगरीय प्रहरी वृत कालिमाटी पुगेको तर मोबाइल नभेटिएपछि घटना बाहिर आएको हो ।

लगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीले सई मल्ललाई नियन्त्रणमा लिएर उनको साथमा फेला परेको १ लाख ३५ हजार नगद र केही डलर सहित महानगरीय प्रहरी परिसर काठमाडौंमा जिम्मा लगाएको थियो ।

यस्तै प्रहरी जवान मनोहर बुढाको साथबाट पनि १२ हजार नगद र एकथान मोवाईल बरामद गरिएको कालिमाटी वृतका एक अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?