प्रधानमन्त्रीको ब्रिफिङमा प्रचण्ड र माओवादी मन्त्रीहरु अनुपस्थित्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १३ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट पारेका छन् ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई सम्बोधन गर्दै उनले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्ने बताएका थिए ।

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई सम्बोधन गर्दै उनले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्ने बताएका थिए ।

आजको प्रधानमन्त्रीको ब्रिफिङमा माओवादी केन्द्रका नेता तथा मन्त्रीहरु कोही पनि सहभागी भएनन् । एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको अवस्थामा पनि माओवादी केन्द्रका मन्त्रीहरु किन सहभागी भएनन् ? यो अहिले चासोको विषय बनेको छ ।

एमाले बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालको समेत सहभागिता रहेको उक्त ब्रिफिङमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएनन् । रोचक त के भने माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरु कोही पनि उपस्थित् भएनन् ।

कतिपयले भन्दै थिए,‘आजको ब्रिफिङमा खोई त माओवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु ? संयुक्त सरकार छ, पार्टी एकता हुने भन्ने चर्चा चलिरहेको छ, के हो यस्तो पारा ?’

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Bahadur Singh Dhanuk

    Good

    Comment Author

    Harisharan Budhathoki

    What…..
    ?

    Comment Author

    पासाङ बोम्जान

    Good

    Comment Author

    Netra Ghimire

    पाटि एकता

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?