कञ्चनजंघा कन्ट्रक्सन लाई लक्षित गरी कस्ले बम राख्याे?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ६, २०७५
|
|
२० पटक हेरिएको
Shares
कञ्चनजंघा कन्ट्रक्सन लाई लक्षित गरी कस्ले बम राख्याे?

सारांश

  • मध्यपहाडी लोकमार्ग निर्माण गर्न स्थापना गरिएको कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको पाख्रिबास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक लक्षित गरेर राखिएको बम नेपाली सेनाले निष्कृय पारेको छ ।
  • सेनाकाे २ नम्बर बाहिनी हिले अड्डाबाट खटीएको टोलीले बम निष्कृय पारेको हाे ।
  • गएराति रेडबुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो।

मध्यपहाडी लोकमार्ग निर्माण गर्न स्थापना गरिएको कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको पाख्रिबास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक लक्षित गरेर राखिएको बम नेपाली सेनाले निष्कृय पारेको छ ।

सेनाकाे २ नम्बर बाहिनी हिले अड्डाबाट खटीएको टोलीले बम निष्कृय पारेको हाे ।

गएराति रेडबुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो। सो क्षेत्रमा गएरातिदेखि नै प्रहरीले सुरक्षा बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्कृय पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उहाँका अनुसार रेडबुलको बट्टामा ग्रिनेट बमको टुक्रा फेला परेको थियो । सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व समूहले बम राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?