सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग

सारांश

  • काठमाडौं, पुस २३ ।
  • व्यवसायी अजय सुमार्गीले मानहानी गरेको भन्दै कान्तिपुरका मालिक कैलाश सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराई पाउनुपर्ने माग गरेका छन् ।
  • सुमार्गीले काठमाडौं जिल्ला अदालतमा सिरोहियाविरुद्व गाली बेइज्जती मुद्दा दर्ता गर्दै क्षतिपूर्ति स्वरुपमा २५ करोड माग गरेका हुन् ।

काठमाडौं, पुस २३ । व्यवसायी अजय सुमार्गीले मानहानी गरेको भन्दै कान्तिपुरका मालिक कैलाश सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराई पाउनुपर्ने माग गरेका छन् ।

सुमार्गीले काठमाडौं जिल्ला अदालतमा सिरोहियाविरुद्व गाली बेइज्जती मुद्दा दर्ता गर्दै क्षतिपूर्ति स्वरुपमा २५ करोड माग गरेका हुन् ।

पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा दुई धनी मिडिया मालिकबीचको लेनदेन विवाद छताछुल्ल भन्दै स्ट्याटस पोष्ट गरेका छन् ।

गत पुस १३ गते व्यवसायीसुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि कान्तिपुरका सञ्चालकले आक्रमण गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

आर्थिक लेनदेनको विषयमा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट जुनसुकै बेला सांघातिक हमला हुन सक्ने आशंका व्यक्त गर्दै उनले निवेदन दिएका हुन् ।

कान्तिपुर दैनिकमा गत पुस ९ गते प्रकाशित ‘सुमार्गीको २२ अर्ब रकम अबैध’ भन्ने समाचार पनि झुठा एवं आधारहीन र मनगढन्ते भएको सुमार्गीले निवेदनमार्फत बताएका छन् ।

पटक–पटक झूठा समाचार प्रकाशन गर्दै मानसिक रूपमा प्रताडित गर्दै आतंकित गराउने र जनमानसमा आफूप्रति नकारात्मक प्रभाव र भ्रम फैलाउने प्रयत्न गरिएको सुमार्गीको गुनासो छ ।

सुमार्गी र सिरोहियाको युद्ध !

 

(https://eluminoustechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?