एनपीएलको सबै तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
२१ पटक हेरिएको
Shares
एनपीएलको सबै तयारी पूरा

सारांश

  • काठमाडौं।
  • नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारबाट काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ।
  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भसंगै उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ।

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारबाट काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भसंगै उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ।

प्रतियोगिता अघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको सबै तयारी पूरा भएको जानकारी दिए।

नेपाली क्रिकेटमा नयाँ उचाइमा पुराउने क्यानको प्रयासमा सबैले सहयोग गरेको उनले बताए।

एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

टीमका मार्की खेलाडीहले एनपीएलप्रति निकै उत्साहित भएको बताएका छन्। त्यस्तै उनीहरुले टीमको प्रशिक्षण राम्रो भएको र टीम सेट भएको जनाएका छन्।

कार्यक्रममा एनपीएलको आधिकारिक मस्कट सार्वजनिक गरिएको छ। एनपीएलको मस्कट जीत हिउँ चितुवा रहेको छ। एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ भने भिआइपी सिटलाई बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
भवन शिलान्यास
भवन शिलान्यास
राजपामा भाँडभैलो, ६ अध्यक्षको ६ थरी कुरा, कांग्रससँगको सहकार्य गफै मात्र !
राजपामा भाँडभैलो, ६ अध्यक्षको ६ थरी कुरा, कांग्रससँगको सहकार्य गफै मात्र !
क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो
क्रिकेट खेलाडी भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइयो
आहा ! लमजुङ हिमाल
आहा ! लमजुङ हिमाल
सरिता गिरीको सांसद पद गुम्यो, जसपालाई नेतृत्वलाई चुनौती दिइन्
सरिता गिरीको सांसद पद गुम्यो, जसपालाई नेतृत्वलाई चुनौती दिइन्
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
इलाम र भोजपुरमा पनि एमाले नै अगाडी फेरी जित्यो दुई गाउपलिका
प्रियंकाकाे विवाहकाे तस्विर १९ कराेडमा विक्रि हुने
प्रियंकाकाे विवाहकाे तस्विर १९ कराेडमा विक्रि हुने
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
औद्योगिकीकरणको विकासमा कमजोर कर्णाली, भएका साना उद्योगहरु पनि संकटमा
औद्योगिकीकरणको विकासमा कमजोर कर्णाली, भएका साना उद्योगहरु पनि संकटमा

तपाईंले छुटाउनुभयो कि?