मन्त्री र राज्यमन्त्री बिच बाेलचाल बन्द !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२० पटक हेरिएको
Shares
मन्त्री र राज्यमन्त्री बिच बाेलचाल बन्द !

सारांश

  • काठमाडाै, ८ असार ।
  •   स्वास्थ्य मन्त्रीका रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आएपछि  मन्त्रालमा राज्यमन्त्री रहेकी नेकपाकी पद्म अर्याल बिच कुराकानि नै बन्द भएकाे  छ।
  • मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्री र राज्यमन्त्रीको भेटघाट समेत भएको छैन बोलचाल त धेरै परको कुरा भयो ।

काठमाडाै, ८ असार ।  स्वास्थ्य मन्त्रीका रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आएपछि  मन्त्रालमा राज्यमन्त्री रहेकी नेकपाकी पद्म अर्याल बिच कुराकानि नै बन्द भएकाे  छ।

मन्त्रालयका कर्मचारीहरूका अनुसार मन्त्री र राज्यमन्त्रीको भेटघाट समेत भएको छैन बोलचाल त धेरै परको कुरा भयो । स्रोत भन्छ, मन्त्री यादवले राज्य मन्त्री अर्याललाई कुनै अख्तियारी र जिम्मेवारी दिएका छैनन ।

अर्को पार्टीको मन्त्रालयमा अर्कै पार्टीको राज्यमन्त्री किन बसिरहेको भन्ने प्रश्न उठ्न थालेको छ । अझ कतिपयले त नेकपासंग फोरमको पार्टी एकता गर्ने हल्लाले पनि यसमा काम गरिरहेको बताइन्छ । मन्त्री यादवले राज्यमन्त्रीलाई जिम्मेवारी किन नदिएको भन्ने गुनासो सु्निन थालेको छ ।

अर्कातिर प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयमा तानेका छैनन् । न त राज्यमन्त्री अर्याल आफैले राजीनामा दिएकी छिन् । सहमति अनुसार, फोरमले एकजना राज्यमन्त्री पाउनेछ । हुन त, फोरमले राज्यमन्त्री बनाउन सहरी विकास मन्त्रालयमा पनि सक्नेछ र एकजना राज्यमन्त्री थप्दा २५ सदस्यीय हुनेछ ।

तर, दुई फरक पार्टीबाट मन्त्री र राज्यमन्त्री हुँदा समस्या भएको फोरमका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?