सिरोहिया र सुमार्गीबीचको विवाद अदालतमा, २५ करोड माग
सारांश
- काठमाडौं, पुस २३ ।
- व्यवसायी अजय सुमार्गीले मानहानी गरेको भन्दै कान्तिपुरका मालिक कैलाश सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराई पाउनुपर्ने माग गरेका छन् ।
- सुमार्गीले काठमाडौं जिल्ला अदालतमा सिरोहियाविरुद्व गाली बेइज्जती मुद्दा दर्ता गर्दै क्षतिपूर्ति स्वरुपमा २५ करोड माग गरेका हुन् ।
काठमाडौं, पुस २३ । व्यवसायी अजय सुमार्गीले मानहानी गरेको भन्दै कान्तिपुरका मालिक कैलाश सिरोहियाबाट २५ करोड क्षतिपूर्ति भराई पाउनुपर्ने माग गरेका छन् ।
सुमार्गीले काठमाडौं जिल्ला अदालतमा सिरोहियाविरुद्व गाली बेइज्जती मुद्दा दर्ता गर्दै क्षतिपूर्ति स्वरुपमा २५ करोड माग गरेका हुन् ।
पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा दुई धनी मिडिया मालिकबीचको लेनदेन विवाद छताछुल्ल भन्दै स्ट्याटस पोष्ट गरेका छन् ।
गत पुस १३ गते व्यवसायीसुमार्गीले आफू र आफ्नो परिवारको ज्यानमाथि कान्तिपुरका सञ्चालकले आक्रमण गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।
आर्थिक लेनदेनको विषयमा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट जुनसुकै बेला सांघातिक हमला हुन सक्ने आशंका व्यक्त गर्दै उनले निवेदन दिएका हुन् ।
कान्तिपुर दैनिकमा गत पुस ९ गते प्रकाशित ‘सुमार्गीको २२ अर्ब रकम अबैध’ भन्ने समाचार पनि झुठा एवं आधारहीन र मनगढन्ते भएको सुमार्गीले निवेदनमार्फत बताएका छन् ।
पटक–पटक झूठा समाचार प्रकाशन गर्दै मानसिक रूपमा प्रताडित गर्दै आतंकित गराउने र जनमानसमा आफूप्रति नकारात्मक प्रभाव र भ्रम फैलाउने प्रयत्न गरिएको सुमार्गीको गुनासो छ ।
प्रतिक्रिया