नेपालकाे विजयी शुरुअात, माल्दिभ्स ४-० ले पराजित !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२० पटक हेरिएको
Shares
नेपालकाे विजयी शुरुअात, माल्दिभ्स ४-० ले पराजित !

सारांश

  • काठमाडौँ, ८ कात्तिक ।
  • साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज विजयी शुरुआत गरेको छ ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौँ, ८ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज विजयी शुरुआत गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । काठमाडौँमा शुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो हाफमा दुई गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । नेपालले शुरुआती अग्रता खेलको २८आँै मिनेटमा जान लिम्बूको पेनाल्टी गोलबाट लिएको थियो । राकेश विश्वकर्मालाई डिबक्सभित्र माल्दिभ्सका खेलाडीले फउल गरेपछि प्राप्त पेनाल्टीमा लिम्बूले गोल गरेका थिए ।

त्यस्तै खेलको ३५आँै मिनेटमा नमस थापा मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६३औँ मिनेटमा शशांक बोहोरा र ६८औँ मिनेटमा दिपेश राईले गोल गरे । जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोड्न सफल भयो । यसअघि आजै भएको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता छ । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?