एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो, एक्लिँदै माधव नेपाल
सारांश
- काठमाडौं।
- नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताबारे छलफल भइरहेको बताउँदै आएको छ।
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि शीर्ष नेताहरुले एकीकृत समाजवादीसँग एकताको पहल भइरहेको बताउँदै आएका छन्।
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताबारे छलफल भइरहेको बताउँदै आएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि शीर्ष नेताहरुले एकीकृत समाजवादीसँग एकताको पहल भइरहेको बताउँदै आएका छन्। एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहमै प्रचण्डले पार्टी एकताबारे बोलेका थिए। प्रमुख अतिथि रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमै पार्टी एकताको सकेत गरेका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि पार्टी एकताका लागि भइरहेको पहल र प्रयासलाई सार्वजनिक रुपमा स्वीकार गर्दै आएका छन् । यस अर्थमा माओवादीसँग एकताको पक्षमा अध्यक्ष नेपाल छन्। गत २०७९ को संसदीय निर्वाचनमा एकीकृत समाजवादी राष्ट्रिय दलसमेत बन्न नसक्दा नेता तथा कार्यकर्तामा निराशा र अन्यौलता छाएको छ । एकीकृत समाजवादीले उक्त निराशा र अन्यौलता अझैसम्म पनि चिर्न सकेको छैन। फलस्वरुप केही प्रभावशाली नेताहरु पुरानै घर अर्थात एमालेमै फर्किने क्रम जारी छ । यी घटनाक्रमबाट निराश भएको अध्यक्ष नेपाल पार्टी एकताको पक्षमा नै छ।
तर, पूर्व प्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालदेखि उपाध्यक्ष जगन्नाथ खतिवडा पार्टी एकताको विपक्षमा छन् । सम्मानित नेता खनालले स्थायी कमिटी बैठका आफ्नो प्रतिवेदन पेश गर्दै पार्टी एकतालाई हल्काफुल्का ढङ्गले हेर्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘पार्टी एकीकरण एउटा गहन प्रकृया हो । त्यसलाई हल्काफुल्का ढङ्गले हेर्नु हुँदैन । सम्बन्धित समूहहरू बीच वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशामा एकरुपता बिना पार्टी एकीकरण सम्भव हुँदैन’ खनालले भनेका छन् ‘तर साझा सवालमा कार्यगत एकता जहिले पनि गर्न सकिन्छ । आजको आवश्यकता सबै वामपन्थीहरूबीच साझा सवालमा कार्यगत एकता गर्नु नै हो । त्यो एकताबाट नै पार्टी एकीकरणको उचाइ तिर क्रमिक रुपले अघि बढ्न सकिन्छ ।’
त्यस्तै, उपाध्यक्ष खतिवडाको मत पनि एकताको विपक्षमा छ । एकीकृत समाजवादीलाई नै बलियो बनाउनुपर्ने र कुनै पार्टी आफूहरुसँग एकताको लागि आउँछ भने आफ्नो पार्टीलाई केन्द्रमा राखेर मात्रै अगाडि बढ्न सकिने उनको भनाइ छ । अहिलेको प्राथमिक मुद्दा पार्टी एकतालाई बनाउन नहुने उनले बताए । उनले पार्टीभित्र औपचारिक र अनौपचारिक रुपमा पार्टी एकताको बारेमा छलफल नै नभएको स्पष्ट पारे । वामपन्थी एकता आवश्यक भएपनि अहिले सम्भव नरहेको उनको भनाइ छ ।
‘एकताको प्रस्ताव हाम्रो पार्टीमा पनि छैन । व्यक्तिहरुले कुन–कुन विषयमा छलफल गर्नुहुन्छ ? कति गम्भीर भएर छलफल गर्नुहुन्छ? यो कुरा थाहा हुँदैन । तर, पार्टीमा यो विषय न औपचारिक रुपले आएको छ, न अनौपचारिक रुपले हामीसँग छलफल भएको छ ? यसकारण हाम्रो पहिलो एजेण्डा एकीकृत समाजवादीलाई बलियो पार्नु हो । एकीकृत समाजवादीलाई केन्द्रविन्दु बनाएर कुनै पनि शक्ति सँगै हिँड्न चाह्यो भने त्यसपछि छलफल गर्ने विषय वस्तु निर्माण हुन सक्छ । त्यसकारण आज माओवादीमात्र होईन, कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्नुपर्छ भन्ने दृष्ट्रिकोणबाट हामी हिँडिरहेका छैनौं,’– उनले भने ।
उपाध्यक्ष खतिवडा पार्टी एकताका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष नेपालको बीचमा कुरा मिलेपनि पार्टी–पार्टीको कुरा नमिल्ने बताउँछन् । नेता खतिवडाले आफूहरुले एकीकृत समाजवादीलाई कमजोर बनाउने गरी एकतालगायतका कुनै पनि गतिविधि हुन नदिने बताए । ‘माधव कुमार नेपाल र प्रचण्डको कुरा त मिल्न सक्छ । व्यक्तिगत रुपमा । तर, पार्टी–पार्टीको कुरा मिल्नुपर्यो नि ? एकीकृत समाजवादीलाई आगामी निर्वाचनबाट सशक्त रुपमा स्थापित गर्न हामी हिँडिरहेका छौं,’– उनले भने ।
एकीकृत समाजवादीभित्र तत्काल कसैसँग पनि एकता गर्न नहुने र गरेमा पनि एमालेसँग नै गर्नुपर्ने बलियो बन्दै गएको बताइन्छ । पार्टीले आपेक्षाअनुरुप काम गर्न नसकेपछि नेता तथा कार्यकर्ताहरुको मोह पुरानै पार्टीतर्फ देखिन थालेको छ ।
注册Binance
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.