गोविन्द केसीलाई राति तामझाम गरेर पक्राउ गर्नु गलत थियो : प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
गोविन्द केसीलाई राति तामझाम गरेर पक्राउ गर्नु गलत थियो : प्रधानमन्त्री देउवा

सारांश

  • काठमाडौं, २५ पुस ।
  • नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल प्रदेश मुकाम तोक्ने निर्णय गरिने स्पष्ट पारेका छन् ।
  • मंगलबार पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री देउवाले अहिले देखिएको प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने काम आफूले छिट्टै हल गर्ने विश्वास दिलाएका हुन् ।

काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल प्रदेश मुकाम तोक्ने निर्णय गरिने स्पष्ट पारेका छन् ।

मंगलबार पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री देउवाले अहिले देखिएको प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने काम आफूले छिट्टै हल गर्ने विश्वास दिलाएका हुन् । उनले भने,‘म अहिले देखिएको विवाद मिलाउँछु, दलीय सहमति हुँदा राम्रो यदि हुन सकेन भने बिहीबारसम्म निर्णय गराउँछु ।’

उनले प्रदेश प्रमुख र सपथ ग्रहण गराउने ठाउँ तोक्ने जानकारी दिए । देउवाका अनुसार प्रदेश सभाका सदस्यहरुलाई काठमाडौंमै सपथग्रहण गराउने भनेर यसअघि भएको हल्ला गलत भएको भन्दै ७ वटै प्रदेशमा सपथग्रहण गराईने उनको भनाई छ ।

त्यस्तै उनले पर्टीभित्र आफू अब कडा रुपमा प्रस्तुत हुने पनि स्पष्ट पारे । ‘पार्टीलाई संगठित बनाएर अघि बढ्छु । कांग्रेस हार्नुको कारण एक्लैले लिनेभन्दापनि सामुहिक जिम्मेवारी लिनुपर्छ भन्ने मेरो धारणा हो’–उनले थपे।

प्रधानमन्त्री देउवाले प्रहरीले डा. गोविन्द केसीलाई गिरफ्तारी गर्नु गलत भएको तर्क गरे । उनले भने,‘तामझाम भएर जानुहुँदैनथ्यो, अदालतको निर्णयको म विपक्षमा छैन, कानुनी राज्य र विधिको शासनको पक्षमा म छु, तर प्रहरीले राति यसरी गिरफ्तारी गर्नुहुँदैन्थ्यो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ लाइसेन्सका लागी परीक्षा नलिइने
नयाँ लाइसेन्सका लागी परीक्षा नलिइने
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
मलाई फसाउन नसकेपछि छोरालाई फसाए: देवी ज्ञवाली
मलाई फसाउन नसकेपछि छोरालाई फसाए: देवी ज्ञवाली
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह
७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित
७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
गठबन्धन सरकार पूरा समय रहन्छ :  अर्थमन्त्री महत
गठबन्धन सरकार पूरा समय रहन्छ : अर्थमन्त्री महत
अाफ्नाे डेब्यु फिल्मकाे सिक्वेलसंग सलिनमानकाे भिडन्त
अाफ्नाे डेब्यु फिल्मकाे सिक्वेलसंग सलिनमानकाे भिडन्त
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति

तपाईंले छुटाउनुभयो कि?