चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
४२ पटक हेरिएको
Shares
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह

सारांश

  • काठमाडौं ।
  • चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु¥याउनु पर्ने बताएका छन् ।
  • निफको समापन समारोहमा उनले भने, “नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुन्छ भन्ने उद्देश्यले महोत्सवको सुरूआत गरेका थियौँ ।

काठमाडौं । चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु¥याउनु पर्ने बताएका छन् । निफको समापन समारोहमा उनले भने, “नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुन्छ भन्ने उद्देश्यले महोत्सवको सुरूआत गरेका थियौँ ।”

विदेशमा प्रसिद्ध चलचित्रकर्मीलाई निर्णायक मण्डलमा राखेर हाम्रो काम देखाउने गरेको भन्दै उनले भने, “उहाँहरूले प्रतिस्पर्धामा हाम्रो चलचित्रलाई अवार्ड दिनुभएको छ”, अध्यक्ष पाठकले भने, “यस्ता महोत्सवमा नेपाल सरकारले सहयोगको दायरा बढाएमा सातै प्रदेशमा कार्यक्रम गरेर मौलिकता र स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्न सकिन्छ ।

आफूहरुले विश्वबाट धेरै चलचित्रकर्मी ल्याएर आफ्नो कथा सुनाएर लगानी गर्ने वातावरणसमेत बनाउने कोसिस गरिरहेको भन्दै अध्यक्ष पाठकले यस्तो कार्यमा राज्यको साथ चाहिने बताए ।

उनले नेपालबाट बाहिरिने विमानमा नेपाली चलचित्र राख्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । यसो भएमा नेपाली चलचित्र निर्माता लाभान्वित हुनुका साथै पर्यटन प्रवरद्धनमा टेवा पुग्ने उनको भनाइ थियो । “हामीले देशमा आउँदा वा छोडेर जाँदा विदेशी चलचित्र हेर्छौँ । हाम्रै हेर्ने वातावरण भएमा यसले देशको पर्यटनमा टेवा पु¥याउँछ । अब चलचित्रको माध्यमले पर्यटन प्रचार गर्नुपर्छ”, उनले भने ।

यही चैत २ देखि ६ गतेसम्म काठमाडौँ चलेको निफमा ३५ देशको ९५ प्रतियोगी चलचित्रले सहभागिता जनाएका थिए । पचासभन्दा बढी विदेशी चलचित्रकर्मी नेपाल आएको महोत्सव आयोजक समितिले जानकारी दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
२६ वर्षपछि गाउँमा बिजुली बाल्ने प्रयास सफल
२६ वर्षपछि गाउँमा बिजुली बाल्ने प्रयास सफल
के भन्दै छन् ,प्रचण्ड दाहालको क्षेत्रका मतदाता  ?
के भन्दै छन् ,प्रचण्ड दाहालको क्षेत्रका मतदाता ?
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
चुनावको मुखमा फेरि नौ सचिवको सरुवा
चुनावको मुखमा फेरि नौ सचिवको सरुवा
प्रजापतिको मानशिक सन्तुलन ठीक छैन जस्तो छ: मन्त्री स्थापित
प्रजापतिको मानशिक सन्तुलन ठीक छैन जस्तो छ: मन्त्री स्थापित
पाइरेसीको चपेटामा  ‘छक्का पञ्जा’  (फेसबुकको लिङ्क सहित)
पाइरेसीको चपेटामा ‘छक्का पञ्जा’ (फेसबुकको लिङ्क सहित)
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
आईजीका छोरामाथि मुद्दा नचलाउने निर्णय महान्यायाधीवक्ता रमणकुमारको पालामा सुटुक्क भएछ
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’