डिजेल र पेट्रोलको मूल्यबृद्धि, केमा कति बढ्यो ? हेर्नुहोस् विस्तारमा
सारांश
- काठमाडौ, ३ माघ ।
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ ।
- अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो ।
काठमाडौ, ३ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो ।
बृद्धि गरिएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र मट्टीतेल ७१ रुपैयाँ लिटर भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मूल्य बढाएर पठाएकाले मूल्यवृद्धि गर्नुपरेको भट्टराईले बताए ।
निगमका अनुससार अझै पनि डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा घाटा रहेको छ । “मूल्य समायोजन गर्दा निगमलाई अझै पाक्षिक १९ करोड रुपैयाँ घाटा छ”, भट्टराईले भने । ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ । ग्याँस प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँमा बिक्री भइरहेको छ छ । त्यसैगरी हवाई इन्धनतर्फ आन्तरिकतर्फ लिटरको ९० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति केएलको ८ सय डलर रहेको छ ।
Ram Adhikari
Ghata cha vane bechnu banda gare huncha nepali janata le jasari vaya pani kam chalau cha