आइजीपी खनाल आइएसआइको तारोमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
४९ पटक हेरिएको
Shares
आइजीपी खनाल आइएसआइको तारोमा

सारांश

  • नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले थाइल्यान्डमा भएको सुरक्षा सम्मेलनमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजीत दोभालसँग हात मिलाएर आतंकवादविरुद्ध ऐक्यवद्धता जनाएको विषयले उनीमाथि अन्तर्रा्ष्ट्रिय चुनौती बढाएको थियो ।
  • यस विषयलाई लिएर पाकिस्तानले आइजीपी हटाउने उद्देश्यका लागि कुटनीतिक माध्यमले लबिङ मात्र गरेन आफ्नो नेपालभित्र र बाहिरको संयन्त्रलाई समेत सक्रिय बनायो ।
  • अवस्था यतिसम्म बन्यो कि खनाल पाकिस्तानी खुफिया एजेन्सी आइएसआइको तारो बनेका छन् ।

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले थाइल्यान्डमा भएको सुरक्षा सम्मेलनमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजीत दोभालसँग हात मिलाएर आतंकवादविरुद्ध ऐक्यवद्धता जनाएको विषयले उनीमाथि अन्तर्रा्ष्ट्रिय चुनौती बढाएको थियो । यस विषयलाई लिएर पाकिस्तानले आइजीपी हटाउने उद्देश्यका लागि कुटनीतिक माध्यमले लबिङ मात्र गरेन आफ्नो नेपालभित्र र बाहिरको संयन्त्रलाई समेत सक्रिय बनायो । अवस्था यतिसम्म बन्यो कि खनाल पाकिस्तानी खुफिया एजेन्सी आइएसआइको तारो बनेका छन् ।

आइजीपी सर्वेन्द्र खनालविरुद्ध पाकिस्तानको खुफिया एजेन्सी आइएसआई विगत एक वर्षयता सक्रिय हुँदै आएको थियो । दोभालसँग आइजीपी खनालको हातेमालो पछि उसले बलियो रणनीति नै बनाएर लाग्यो । त्यही योजना अनुसार आइजीपीविरुद्ध दुष्प्रचार गर्न टोली परिचालन गरियो । प्रहरीभित्र नै उनीविरुद्ध घेराबन्दी गर्ने गरी षड्यन्त्र बुनियो । कतिपय षड्यन्त्रहरु विफल बनाइए । कतिपयले सरकारमा रहेकाहरुसम्ममा गलत सूचना पुग्दा आइजीपी हटाउने खेलसम्म भए ।

गत वर्ष एउटा ठूलो हत्याकाण्डको षड्यन्त्र बुनियो । निर्मला हत्याकाण्ड भएर देशको ध्यान कञ्चनपुरतर्फ हुँदा काठमाडौंमा एकजना वरिष्ठ पत्रकारको हत्या गर्ने षड्यन्त्र भयो । जसमा प्रहरीका केही अधिकृतहरु समेत संलग्न भएको प्रमाण फेला पर्यो । त्यसको अडियो र भिडियो फुटेजहरु रिपोर्टर्स नेपालसँग सुरक्षित छ जुन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर सार्वजनिक नगरिएको हो ।

भिडियो फुटेजमा कन्ट्रयाक्ट किलरले एकजना प्रहरी अधिकृतको इशारामा एकजना वरिष्ठ पत्रकारको हत्याको योजना खुलाएका छन् । जसमा प्रहरीभित्रको एउटा टोली संलग्न छ । यसमा बाह्य शक्तिको समेत संलग्नता देखिएको छ ।

प्रहरी संगठनभित्र लोकप्रीय बनेका आइजीपी खनाललाई कुनै हालतमा हटाउन पाकिस्तानले समेत संलग्न हुनुमा नेपाली भूमि प्रयोग गरेर छिमेकविरुद्ध गतिविधि गर्ने मौका नपाउनु मुख्य कारण देखिएको छ । खनालले आफ्नो कार्यकालमा छिमेकविरुद्ध हुने गतिविधिमा कुनै मौका नदिने रणनीति बनाए । त्यसले सबैभन्दा बढी अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन संचालन गर्नेहरुलाई पर्यो । त्यसमाथि थाइल्यान्डमा अजित दोभालसँगको हातेमालो र आतंकवादविरुद्ध ऐक्यवद्धता पाकिस्तानका लागि असह्य भयो । विश्वकै खतरनाक मध्येको उसको खुफिया एजेन्सी आइएसआईको प्रयोग आइजीपी खनालमाथि हुनुमा दोभालसँगको हातेमालो पनि एउटा कारण बन्यो । भारतका काश्मिरलगायतका महत्वपूर्ण कदम चाल्न दोभालले महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

आइजीपी खनाललाई पदबाट बर्खास्त गराउने माहोल बनाउन आइएसआईको योजनावद्ध षड्यन्त्र एकपछि अर्को गर्दै विफल भएपछि धेरै षड्यन्त्रहरु बाहिर आउन थालेका छन् । सरकारका जिम्मेवार अधिकारीहरु सम्म यसका प्रमाणहरु पुगेका छन् । कतिपय व्यक्तिहरु आइएसआईबाट दुरुपयोग भएको विषय चर्चामा आउन थालेको छ । बाहिर जे जस्ता प्रोपोगान्डा मच्चिएपनि आइजीपी हटाउने स्वार्थ पाकिस्तानको खुफिया एजेन्सीको रहेको खुल्दै गएको छ । यसले सुरक्षा निकायसम्म म्यानुपुलेसनको विषयबारे चर्चा हुनथालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने
आजको मौसमः कतै हल्का त कतै मध्यम बर्षा हुने
यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि
यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि
मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै
मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
तालिममा साढे १ अर्ब खर्च, हात लाग्यो शून्य
तालिममा साढे १ अर्ब खर्च, हात लाग्यो शून्य
कांग्रेस नेता को कहाँबाट बन्दैछन् उम्मेदवार ?
भिरकोट नगरपालिकाको भवन शिलान्यास
भिरकोट नगरपालिकाको भवन शिलान्यास
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
कांग्रेस बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ, एकल सभापतिले दुई तिहाईले जितेपनि केही हुनेवाला छैन् : डा. खड्का
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”
बाबुरामले माकेलाई भने, “कम्बल ओढेर घ्यु खाने सजिलो र अल्छी बाटो”