नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • बाजुरा, ३० चैत , बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ ।
  • जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् ।
  • सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् ।

बाजुरा, ३० चैत , बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् ।

सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् । सपनाका गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भएको छ ।

उहाँका श्रीमान् धन गन्धर्वले पैसाको अभावमा उपचार नपाएरै त्यही छाप्रोमा ज्यान गुमाएको सपना गन्धर्वले गुनासोे सुनाउनुभएको छ ।

उहाँले भन्नुभयो, “अर्काको छाप्रोमा बस्दै आएकी छु, मसँग जग्गा जमिन मात्र हैन, नागरिकतासमेत छैन ।” नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबापतको एकल भत्ता पाउनबाट समेत वञ्चित भएको बताउनुभयो ।

उहाँको नागरिकता बनाउन सनाखत बस्ने आफन्त नभएको र माइती सबैको मृत्यु भइसकेकाले आफूले अहिलेसम्म नागरिकता पाउन नसकेको राससलाई बताउनुभयो ।

नागरिकता बनाउनका लागि स्थानीय जान्नेबुझ्नेलाई पटक÷पटक आग्रह गरिन् । तर कसैले सनाखत नगरिदिएको र नागरिकता बनाउन के–के चाहिन्छ भन्ने जानकारी नभएका कारण नागरिकताबाट वञ्चित भएको सपनाको भनाइ छ ।

नागरिकता बनाउन कर्मचारीले माइतीको नागरिकता ल्याउन भन्छन् तर कालिकोटमा रहेका माइतीका सबै जनाको मृत्यु भइसकेकाले समस्या परेको सपनाको गुनासो गर्नुभयो ।

छोरालाई पढाउनका लागि आर्थिक अभावमा झोला किन्ने पैसा नभएर हातमा नै किताब बोकेर विद्यालय जाने गर्दछन् ।

सपना सिमलकोटमा बस्न थालेको १५ वर्ष जति भयो । पहिले अरुको गोरु गोठमा आश्रय लिएको उनको परिवारलाई दीपक सुनारले आफ्नो सानो छाप्रो दिएपछि पाँच वर्षदेखि यही घरमा बस्ने गरेको बताउनुभयो ।

श्रीमानको मृत्युपछि सपनाको काँधमा दुई छोरा पालनपोषण गर्ने एकल जिम्मेवारी थपियो । श्रीमान् हुँदा गीत गाएर, माटोका भाँडा बनाएर परिवारको गुजारा चल्थ्यो । श्रीमान्को मृत्युपछि मागेर नै छोरा र आफ्नो गुजारा चलिरहेको सपनाले बताउनुभयो ।

सपनाको जेठो छोरा सागर कक्षा ५ र कान्छो छोरा राजेश गाउँकै शारदा माविमा कक्षा २ मा पढिरहेका छन् । हातमा पैसा नहुँदा कपी, कलम र विद्यालय लग्ने झोलासमेत छोरालाई किन्न नसकेको उहाँको भनाइ छ ।

बूढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले अल्पसंख्यकमा रहेका गन्धर्व समुदायका मानिसको जीवनस्तर सुधार र नागरिकता बनाउन पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वतन्त्र संघीय सांसद किरण साह एमालेमा  प्रवेश
स्वतन्त्र संघीय सांसद किरण साह एमालेमा प्रवेश
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर जाने बाटो खुला
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई घर जाने बाटो खुला
स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा
स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा
अबदेखि प्रहरीलाई मन्त्रालयले छड्के अनुगमन गर्ने
अबदेखि प्रहरीलाई मन्त्रालयले छड्के अनुगमन गर्ने
निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै प्रधानमन्त्रीको कार्यालयलाई स्पष्टिकरण
निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै प्रधानमन्त्रीको कार्यालयलाई स्पष्टिकरण
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
देउवाले ज्योतिषलाई दक्षिणा दिएर ७ चोटी प्रधानमन्त्री हुन्छस् भन्न लगाए – केपी ओली
इराकी हिंसामा १० जना मारिए
इराकी हिंसामा १० जना मारिए
Things Will not Like About free article examples And Things You Definitely will
प्रत्यक्षतर्फ १५४ सिटको टुंगाे लाग्दा यी ११ स्थानमा बाँकी
प्रत्यक्षतर्फ १५४ सिटको टुंगाे लाग्दा यी ११ स्थानमा बाँकी

तपाईंले छुटाउनुभयो कि?