ओशोको स्वभाविक मृत्यु कि हत्या ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
ओशोको स्वभाविक मृत्यु कि हत्या ?

सारांश

  • तुषार कुलकर्णी, बीबीसी ओशोको जीवन जति रहस्यमयी थियो, उनको मृत्यु पनि उति नै रहस्यमयि भयो ।
  • आखिर कसरी भएको थियो त ओशोको मृत्यु ?
  • ओशोको मृत्यु भएको पनि २७ वर्ष भएको छ ।

तुषार कुलकर्णी, बीबीसी

ओशोको जीवन जति रहस्यमयी थियो, उनको मृत्यु पनि उति नै रहस्यमयि भयो । आखिर कसरी भएको थियो त ओशोको मृत्यु ?

ओशोको मृत्यु भएको पनि २७ वर्ष भएको छ । सन् १९९० मा आजकै दिन उनले संसार छोडेका थिए ।

ओशोको शुरुआती जीवन
उनको ११ दिसम्बर, १९३१ मा भारतको मध्य प्रदेशको कुचवाडामा जन्म भएको थियो । उनको नाम चन्द्रमोहन जैन थियो । सानैदेखि दर्शनमा रुचि भएको उनले आफ्नो पुस्तक ‘ग्लिम्सेज अफ अ गोल्डेन चाइल्डउड’मा लेखेका छन् ।

जबलपुरमा पढाइ गरेका उनी त्यसपछि जबलपुर विश्वविद्यालयमा अध्यापन पनि गर्न थाले । त्यसपछि उनले बिभिन्न धर्म र विचारधाराका विषयमा प्रवचन दिन थाले । उनको व्यक्तित्वले सबैलाई प्रभावित गर्न थाल्यो । ध्यानशिविर आयोजना गर्दै प्रवचन दिन थाल्दा उनलाई आचार्य रजनीशका नामले चिनिथ्यो ।

त्यसपछि उनले नबलपुर विश्वविद्यालयको जागिर पनि छोडे । र नवसन्यास आन्दोलनको शुरुआत गरे ।

अमेरिका पलायन
सन् १९८१ अमेरिका पलायन भए । त्यहाँ सन् १९८५ सम्म बसे । अमेरिकाको अरिगनमा आश्रम स्थापना गरे । जुन ६५ हजार एकड क्षेत्रमा रहेको थियो ।

उनको अमेरिका बसाई सुखद रहेन् । अनेक विवादमा तानिए । महङ्गो घढी, रोल्स रायस कार, बिभिन्न डिजाइनरले तयार गरेका कपडा चर्चामा आइरहे ।

उनको आश्रमलाई रजनीशपुरमका नामले दर्ता गर्न खोजिएको थियो । स्थानीय बासिन्दा विरोध गरे । त्यसपछि उनी सन् १९८५ भारत फर्किए ।

रहस्यमयि मृत्यु
भारत फर्किएपछि उनी पुणेस्थित कोरेगाउँ पार्कमा रहेको आश्रममा बस्न थाले । त्यही १९ जनवरी, १९९० मा उनको मृत्यु भयो ।

ओशोको मृत्युपछि उनका शिष्यहरुले आश्रमलाई कब्जामा लिए । त्यहाँ करोडौं सम्पत्ती थियो । त्यही सम्पत्तीका विषयलाई लिएर विवाद भयो ।

ओशोका शिष्य योगेश ठक्करले मुम्बइ उच्च अदालतमा मुद्दा हाले । ओशो साहित्यलाई सबैका लागि उपलब्ध गराउने उद्देश्यले अदालत पुगेको उनी बताउँछन् ।

ओशोको मृत्युको प्रमाणपत्र दिने चिकित्सक गोकुल गोकाणी लामो समयसम्म त्यस विषयमा मौन बसे । धेरै समयपछि उनले मुख खोले । ओशोको मृत्युका विषयमा गलत जानकारी दिएर मृत्युको प्रमाणपत्रमा हस्ताक्षर गराएको डा.गोकाणीले सार्वजनिक गरे ।

ओशोको शिष्य ठक्करले दिएको मुद्दामा डा.गोकाणीले सपथपत्र पेश गरेका थिए । त्यसमा उनले भनेका थिए, ओशोको मृत्यु विषयमा कयौं प्रश्नहरुको जवाफ मिलेको छैन । उनको मृत्युको कारण के हो भन्ने पत्ता लगाउन सकिएको छैन ।

मृत्युको त्यो दिन
ओशोको मृत्युका विषयमा ‘हु किल्ड ओशो’ पुस्तक लेख्ने अभय वैद्य भन्छन, “१९ जनवरी, १९९० का दिन ओशो आश्रमबाट डाक्टर गोकुल गोकाणाीको फोन आयो । उनले लेटेर हेड र इमेरजेन्स्ी किट लिए आउँ भने ।”

डा.गोकाणीले लेखेका छन, “म ओशो आश्रममा दिउसो २ बजे पुगेँ । ओशोले देहत्याग गरिरहेको उनका शिष्यहरुले बताए । उनीहरुले भने ओशोलाई बताउँ । तर, मलाई ओशो नजिक जान दिइएन् । कयौं घण्टा आश्रममा बसाएपछि ओशोको मृत्यु भएको जानकारी दियो । र मलाई मृत्युको प्रमाणपत्र जारी गर्न लगाइयो ।”

डा.गोकाणी ओशोको मृत्युको समयका विषयमा पनि एकिन छैनन् । ओशोका शिष्यहरुले मृत्युको कारण हृदयघात भएको लेख्न लगाएको उनी बताउँछन् ।

ओशो आश्रममा मृत्युलाई उत्सवका रुपमा मनाउने प्रचलन थियो । जसको मृत्यु भएपनि धामधमुका साथ मनाउने गर्थे । तर, ओशोको मृत्यु भएको घोषणा गरिएको एकघण्टामै अन्तिम संस्कार पुरा गरियो । उनको अन्तिम संस्कारको कामकाज पनि छोटो बनाइएको थियो ।

ओशोकी आमा पनि आश्रममै बस्थिन् । उनकी आमालाई पनि मृत्युको खबर ढिला गरेर मात्रै दिइएको ओशोकी सचिव नीलमले अन्तरवार्तामा भनेकी थिइन् । नीलमले अन्तरवार्तामा भनेकी छन, “ओशोकी आमा लामो समयसम्म ‘छोरा, तिमीलाई यिनीहरुले मारे’ भन्ने गरेकी थिइन् ।”

सम्पत्तीको विवाद
ओशोको आश्रमको सम्पत्ती हजारौं करोड रुपैयाँ रहेको योगेश ठक्कर दावी गर्छन् । अन्य चिजबाट करिब १०० करोड भारतीय रुपैयाँ रोयल्टीका रुपमा आउने गरेको छ ।

ओशोको सम्पत्तीमाथि ओशो इन्टरनेशलको नियन्त्रण रहेको छ । ओशोको सम्पत्ती आफ्नो भएको ओशो इन्टरनेशलनको दावी छ ।

ओशो इन्टरनेशलनले गरेको दावी गलत भएको योगेश ठक्करको भनाइ छ । ओशो इन्टरनेशनलकै पक्षमा ओशोकी शिष्य अमृत साधना छिन् ।

ओशो ट्रेडमार्क
ओशो इन्टरनेशनले ओशोको नामलाई युरोपमा ट्रेडमार्कमा रुपमा दर्ता गरेको छ । यसलाई अर्को संस्था ओशो लोटस कम्यूनले पनि चुनौति दिएको छ ।

जनरल कोर्ट अफ यूरोपियन यूनियनले गत ११ अक्टुबरमा ओशो इन्टरनेशलनको पक्षमा फैसला पनि सुनाएको छ । ओशोको विचारलाई उनका अनुयायीहरुसम्म पु¥याउनका लागि ट्रेडमार्कमा रुपमा दर्ता गरेको ओशो इन्टरनेशनलको भनाइ छ । जबकी ओशो बस्तुहरुको ट्रेडमार्क हुने भएपनि विचारको ट्रेडमार्क नहुने बताउने गरेका थिए ।

पुणेस्थित समाधिस्थलमा लेखिएको यो भनाइले पनि ओशोको व्यक्तित्वलाई उजागर गर्छ, ‘न कहिल्यै जन्मिए, न कहिल्यै मरे । उनी ११ दिसम्बर, १९३१ देखि १९ जनवरी, १९९० का बीचमा यस धर्तीमा आएका थिए ।’ एभरेष्टदैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
सत्य निरुपण र बेपत्ता आयोगको म्याद थपियो
सत्य निरुपण र बेपत्ता आयोगको म्याद थपियो
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
किम-पुटिन शिखरवार्ता: उत्तर कोरियाका नेता र रुसी राष्ट्रपतिबीच भेट
मार्च १० मा सलमान खान नेपाल आउने
मार्च १० मा सलमान खान नेपाल आउने
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु
जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु
हावाहुरीमा परेर कावासोतीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति
हावाहुरीमा परेर कावासोतीमा एक बालिकाको मृत्यु, ८० घरमा क्षति
जहाँ यस्तो सडक छ- अशक्त, बृद्धबृद्धा, बालबालिका कोही भेटिन्नन्
जहाँ यस्तो सडक छ- अशक्त, बृद्धबृद्धा, बालबालिका कोही भेटिन्नन्
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
कलेजो प्रत्यारोपण अब नेपाल मै सम्भब : १५ लाख भए पुग्ने
कलेजो प्रत्यारोपण अब नेपाल मै सम्भब : १५ लाख भए पुग्ने

तपाईंले छुटाउनुभयो कि?