जहाँ यस्तो सडक छ- अशक्त, बृद्धबृद्धा, बालबालिका कोही भेटिन्नन्
सारांश
- काठमाडौं, २६ माघ – ५ वर्ष अघिसम्म हेटौंडाका सडक पेटीमा दुःख र पीडामा परेका वृद्धवृद्धा र बालबालिका बग्रेल्ती देखिन्थे ।
- अहिले त्यस्ता दृश्य देख्नै मुस्किल पर्छ ।
- यहाँका दुईवटा संस्थाले अशक्त व्यक्तिलाई उद्धार गरी पालनपोषण र संरक्षण थालेपछि सहरमा यस्ता दृश्य ओझेल परेका हुन् ।
काठमाडौं, २६ माघ – ५ वर्ष अघिसम्म हेटौंडाका सडक पेटीमा दुःख र पीडामा परेका वृद्धवृद्धा र बालबालिका बग्रेल्ती देखिन्थे । अहिले त्यस्ता दृश्य देख्नै मुस्किल पर्छ । यहाँका दुईवटा संस्थाले अशक्त व्यक्तिलाई उद्धार गरी पालनपोषण र संरक्षण थालेपछि सहरमा यस्ता दृश्य ओझेल परेका हुन् । ‘मानव सेवा आश्रम’ र ‘मामाघर नेपाल’ ले सडक पेटीमा लौरोको सहारामा माग्दै हिंड्ने वृद्ध र फोहोरको डुंगुरमा खेल्ने सडक बालबालिकालाई संरक्षण गरिरहेका हुन् । ‘अन्यत्र सडक पेटीमा कष्टकर जीवन बिताइरहेका बूढाबूढी र बालबालिका देखिन्छन्,’ प्रदेश सांसद डोरमणि पौडेलले भने, ‘तर अहिले हेटांैडा बजारको सडक पेटीमा दुस्खदायी जीवन बिताइरहेका वृद्धवृद्धा र बालबालिका देखिंदैनन् ।’
पाँच वर्षअघिसम्म बेग्लै दृश्य थियो । सडक पेटीलाई आश्रयस्थल बनाउने धेरै थिए । मानव सेवा आश्रमले उद्धार गरी औषधि उपचारसहित पालनपोषण थालेपछि अवस्था फेरिएको हो । परिवारले दुस्खकष्ट दिएर घरमा राखेका वृद्धलाई पनि आश्रमले ओत दिन थालेको छ ।
‘हेटौंडाको सडकमा कष्टकर जीवन बिताउने वृद्धवृद्धा र चिच्याएर हिंड्ने मानसिक रोगीहरू पनि छैनन्,’ आश्रमका संयोजक रामजी अधिकारीले भने, ‘त्यस्ता व्यक्ति देख्नेबित्तिकै उद्धार गरेर आश्रममा ल्याइहाल्छौं ।’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आश्रमको अवलोकनपछि खुलेर प्रशंसा गरे । ‘उहाँहरू प्रेरणाका स्रोत हुनुहुन्छ, यसरी वृद्धवृद्धाको स्याहार जोकोहीले गर्न सक्तैन,’ उनले भने ।
हेटौंडास्थित आश्रममा अहिले ८१ जना वृद्धवृद्धा छन् । १ सय ७५ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । आश्रममा रहेकामध्ये ६१ जनाको मानसिक सन्तुलन ठीक छैन । तीनजना अशक्त छन् । मानव सेवा आश्रमले वृद्धवृद्धाहरूलाई राख्न हेटांैडा ९ मा भवन निर्माण गरिरहेको छ । ‘मामाघर’ नेपालले पनि सडक बालबालिकालाई उद्धार गरेर पालनपोषण र शिक्षाको व्यवस्था मिलाएको छ । ६ वर्षमा १ सय ३७ जना बालबालिकालाई सडकबाट उद्धार गरिएको र तीमध्ये १ सय १३ जनालाई परिवारमा नै पुनस्स्थापना गराएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले बताए । परिवारमा पुनस्स्थापना गराएका बालकहरू सबै स्कुल जाने गरेका छन् ।
१९ जना बालक हेटौंडा उपमहानगरपालिका ४ स्थित मामाघरकै पालनपोषण र संरक्षणमा छन् । यहाँ भएका बालक पनि विद्यालय जान्छन् । ‘सबै बालक भुटनदेवी उच्च माविमा पढिरहेका छन्,’ उक्त संस्थाका अध्यक्ष शालिकराम ढकालले भने ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडक पेटी र गल्लीमा कष्टकर जीवन बिताउने वृद्धवृद्धा र बालबालिका नभएकाले हेटौंडालाई मानवीयताको सहर घोषणा गर्ने तयारीमा जुटेको बताए । २ वर्षअघिको नगरपरिषदले हेटौंडालाई मानवीयताको सहर बनाउने निर्णयसमेत गरिसकेको छ । ‘अहिले ‘मानवीयता कोष’ स्थापनाको गृहकार्य गरिरहेका छौं,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ,
Tamu Kausila
A sabai mare x