भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड

सारांश

  • काठमाडौं, २३ माघ ।
  • नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले भ्रष्टाचार आरोपित आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोड गरेका छन् ।
  • नेकपाका कार्यकर्ताहरुले शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै घरको गेटमा ब्यानरसमेत टाँगेका छन् ।

काठमाडौं, २३ माघ । नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले भ्रष्टाचार आरोपित आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोड गरेका छन् । नेकपाका कार्यकर्ताहरुले शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै घरको गेटमा ब्यानरसमेत टाँगेका छन् ।

गाडीमा आएको आक्रोशित समूहले ढुङगा प्रहार गरी घरको झ्याल तोडफोड गरेको छ । बुढानीलकण्ठ नगरपालिका वडा– २२ स्थित शर्माको घरमा गत असोजमा पनि घरको गेटमा आगलागी गरिएको थियो ।

कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्तिदेखि एनसेल बिक्री करमा छुट लगायत विवादित मुद्दामा शर्मा पक्राउ परेका थिए । उनी हाल धरौटीमा रिहा भएका छन् ।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?