मनोज गजुरेलले आपसी सहमतिमा श्रीमतीसँग गरे सम्बन्ध बिच्छेद !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
मनोज गजुरेलले आपसी सहमतिमा श्रीमतीसँग गरे सम्बन्ध बिच्छेद !

सारांश

  • काठमाडौं, माघ ५ ।
  • ‘कमेडी किङ’ नामले परिचित मनोज गजुरेलले आपसी सहमतिमा श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका छन् ।
  • गजुरेलले श्रीमती मिना ढकालसँग आपसी सहमतिमा नै सम्बन्ध बिच्छेद गरेको शिखरन्यूजलाई जानकारी दिए ।

काठमाडौं, माघ ५ । ‘कमेडी किङ’ नामले परिचित मनोज गजुरेलले आपसी सहमतिमा श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका छन् । गजुरेलले श्रीमती मिना ढकालसँग आपसी सहमतिमा नै सम्बन्ध बिच्छेद गरेको शिखरन्यूजलाई जानकारी दिए ।

सम्बन्ध बिच्छेदको सम्बन्धमा गजुरेलले भने, ‘आपसी सहमतिमै हाम्रो असन्तुष्टिलाई अलगअलग बस्नेगरी टुंगो लगाएका छौँ ।’ भक्तपुर अदालतबाटै कानुनी प्रक्रिया पूरा गरेर अलग बस्न थालेको गजुरेलले शिखरन्यूजलाई बताए ।

‘छोरा मसँग छ । छोरी मीनासँग’, गजुरेलले भने, ‘किन अलग भयौँ भन्नु भन्दा पनि असन्तुष्टिको समाधान त्यही निस्कियो त्यही भयो ।’

आपसी सहमतिमै सम्बन्ध बिच्छेद भएको बताएका गजुरेलले मिडियामा धेरै कुरा नगर्ने बताए । सम्बन्ध बिच्छेदपछि गजुरेल बालकोटस्थित घरमा छोरासँग छन् भने मीना नयाँ बानेश्वरमा छोरीसँग बस्न थालेकी छिन् ।

यसरी सम्बन्धमा परेका थिए ?

०५२ सालमा पहिलो पटक भेट भएपछि मनोज र मीना प्रेममा परेका थिए । यो जोडीको विवाह २०५३ साल वैशाखमा काठमाडौंकै एक मन्दिरमा भएको थियो । मीनाका अनुसार विवाहमा गजुरेल २२ वर्षका थिए भने उनी १९ वर्षकी थिइन् ।

२०५३ सालमा प्रेम विवाह गरेको यो जोडीले २०७४ पुस ११ गते सम्बन्ध बिच्छेद गरेका छन् । यति छोटो समयमा नै यो जोडीको सम्बन्ध बिच्छेदको खबरले गजुरेलका फ्यान आश्चर्यमा परेका छन् भने मीनाका आफन्तसमेत चकित परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान
जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
माइतीघरमा आत्मदाहकाे प्रयास
माइतीघरमा आत्मदाहकाे प्रयास
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
पोखरा बिमानस्थलवाट आज पहिलो पटक ब्यवसायिक उडान
पोखरा बिमानस्थलवाट आज पहिलो पटक ब्यवसायिक उडान
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
विद्यासुन्दर शाक्य लगनस्थित मतदान केन्द्रबाट मतदान गर्दै।
विद्यासुन्दर शाक्य लगनस्थित मतदान केन्द्रबाट मतदान गर्दै।
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
दक्षिण कोरियामा पाइला टेक्ने किम जोन उन पहिलो उत्तर कोरियाली नेता- दुई कोरियाबीच गैरसैनिक क्षेत्रमा शिखर वार्ता
घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्
घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्

तपाईंले छुटाउनुभयो कि?