सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने

सारांश

  • प्रतिनिधिसभामा ४ र प्रदेशमा ८ गरी १२ निर्वाचन क्षेत्र रहेको सिरहा जिल्लामा ७ जना पूर्व मन्त्रीहरु प्रत्यक्षतर्फको प्रतिस्पर्धामा उत्रिएका छन् ।
  • पूर्व मन्त्रीहरुको भिडन्तले सिरहाको चुनावलाई अझ रोचक बनाएको छ ।
  • कांग्रेसका प्रखर वक्ता प्रदीप गिरीदेखि २०७० को चुनावमा प्रचण्डसँग चुनाव लडेर हारेपछि चर्चित बनेका एमाले नेता लिलानाथ श्रेष्ठसम्मले प्रतिस्पर्धा गरिरहेको यो चुनावमा पूर्वमन्त्रीहरुको लर्को नै लागेको छ ।

प्रतिनिधिसभामा ४ र प्रदेशमा ८ गरी १२ निर्वाचन क्षेत्र रहेको सिरहा जिल्लामा ७ जना पूर्व मन्त्रीहरु प्रत्यक्षतर्फको प्रतिस्पर्धामा उत्रिएका छन् । पूर्व मन्त्रीहरुको भिडन्तले सिरहाको चुनावलाई अझ रोचक बनाएको छ ।

कांग्रेसका प्रखर वक्ता प्रदीप गिरीदेखि २०७० को चुनावमा प्रचण्डसँग चुनाव लडेर हारेपछि चर्चित बनेका एमाले नेता लिलानाथ श्रेष्ठसम्मले प्रतिस्पर्धा गरिरहेको यो चुनावमा पूर्वमन्त्रीहरुको लर्को नै लागेको छ । त्यसो त लहान नगरपालिकामा वर्षौंसम्म मेयर बनेका लगनलाल चौधरी पनि एमाले प्रवेश गरेर प्रदेशसभाको उम्मेदवार बनेका छन् ।

मैदानमा पूर्व मन्त्रीहरु

सिराहा क्षेत्र नम्वर १ मा पूर्वविनाविभागीय मन्त्री राजलाल यादवले उम्मेदवारी दिएका छन् । उनी संघीय समाजवादी फोरमका उम्मेदवार हुन् । यसअघि स्थानीय चुनावमा वडा सदस्य जितेका यादव जिल्ला समन्वय समितिको सभापतिका दावेदार मानिएका थिए ।

तर जिल्ला समन्वय समितिको चुनावअघि नै प्रतिनिधिसभाको चुनाव आएपछि उनी सांसदको उम्मेदवार बनेका हुन् । यादव पहिलो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको प्रतिस्पर्धा बामपन्थी गठबन्धनबाट एमाले उम्मेदवार गंगाप्रसाद यादव र कांग्रेसका प्रदिप गिरीसँग हुने देखिएको छ ।

फोरमबाटै क्षेत्र नम्वर २ मा पूर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री शत्रुघन प्रसाद सिंह कोइरी उम्मेदवार बनेका छन् । उनले वामपन्थी गठबन्धनका शुरेचन्द्र दाससँग प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै पूर्व आपूर्ति मन्त्री विजय कुमार यादवले पनि क्षेत्र नम्वर ३ बाट फोरमबाट उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रतिस्पर्धा एमाले नेता लिलानाथ श्रेष्ठसँग हुनेछ ।

त्यसैगरी माओवादी केन्द्रबाटै पूर्व स्वास्थ्य सहायक मन्त्री सुरेशचन्द्र दासले क्षेत्र नम्वर २ को प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । २०४८ देखि पटक-पटक कांग्रेसबाट टिकट पाएर जितेका दास मनोनयनको अघिल्लो दिन माओवादी प्रवेश गरेर टिकट लिएका हुन् । उनको प्रतिस्पर्धा पूर्व राज्यमन्त्री राजपा नेता शत्रुघन सिंह कोइरीसँग हुनेछ ।

त्यसैगरी राजपा अध्यक्ष मण्डलका सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले सिरहा क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी ०६४ मा निर्वाचित भएका थिए भने ०७० मा पराजित भए ।

सिरहा ४ मै राजकिशोरसँग माओवादी केन्द्रका नेता तथा पूर्व कानून मन्त्री अजयशंकर नायकको प्रतिस्पर्धा हुने भएको छ । नायकले पनि सोही क्षेत्रमा बामपन्थी गठबन्धनबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै पूर्व सामान्य प्रशासनमन्त्री रामकुमार यादवले क्षेत्र नम्वर २ को प्रदेश सभा १ बाट उम्मेदवारी दिएका छन् ।

(hopeclinical.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग
कोरोनाको कहरबीच पनि वृद्धाश्रममा सहयोग
काँग्रेस जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता छ- नेता सिंह
कांग्रेसमा पुनः विवाद, संस्थापन पक्षविरुद्ध शेखर समूहको भेला, देउवा पक्ष रुष्ट
कांग्रेसमा पुनः विवाद, संस्थापन पक्षविरुद्ध शेखर समूहको भेला, देउवा पक्ष रुष्ट
सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी
सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी
नेपाल र जापानबीच आज श्रम सम्झाैता हुँदै
नेपाल र जापानबीच आज श्रम सम्झाैता हुँदै
रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
भिभिआइपीलाई चार महंगा हेलिकोप्टर, डेढ अर्बको अगष्टा नेपाल आइसक्यो
भिभिआइपीलाई चार महंगा हेलिकोप्टर, डेढ अर्बको अगष्टा नेपाल आइसक्यो
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति