घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २७, २०७३
|
|
१२३ पटक हेरिएको
Shares
घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्

सारांश

  • ब्याट्री तथा सरसफाइका लागि प्रयोग गरिने विस्फोटक पदार्थकै समुहमा रहेको एसिड खुलारुपमा विक्री हुने गरेको पाइएको छ ।
  •  सरकारले एसिड विक्रीको लागि खासै सरोकार राख्ने नगरेका कारण यसबाट महिलाहरु बढी पीडित हुने गरेको पाइएको छ ।
  • विशेष गरी हार्डवेयर पसलबाट खुला रुपमा विक्री हुने एसिड अहिले मान्छे मार्ने अस्त्रको रुपमा प्रयोग हुन थालेपछि यसको विक्री वितरणमा कडाई गर्नुपर्ने आवाज उठ्न थालेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

ब्याट्री तथा सरसफाइका लागि प्रयोग गरिने विस्फोटक पदार्थकै समुहमा रहेको एसिड खुलारुपमा विक्री हुने गरेको पाइएको छ । सरकारले एसिड विक्रीको लागि खासै सरोकार राख्ने नगरेका कारण यसबाट महिलाहरु बढी पीडित हुने गरेको पाइएको छ ।

विशेष गरी हार्डवेयर पसलबाट खुला रुपमा विक्री हुने एसिड अहिले मान्छे मार्ने अस्त्रको रुपमा प्रयोग हुन थालेपछि यसको विक्री वितरणमा कडाई गर्नुपर्ने आवाज उठ्न थालेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
केही दिन अघि प्रेममा धोका दिएको भन्दै एक युवकले एसिड छर्केर घाइते भएकी युवतीको मृत्यु भएपछि यसको विक्री वितरणमा कडाइ गर्नुपर्ने आवाज उठेको छ ।  धादिङ नौबिसेका सुनिल कोइरालाले नवलपरासीकी तुलसा सापकोटामाथि एसिड प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

मानछेको ज्यानै लिने खतरनाक एसिड विक्रीमा कडाइ नगरे अन्य महिलाको यसरी नै अनाहकमा ज्यान जान सक्ने सरोकारवालाहरुले बताएका छन् ।

महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले अहिलेसम्म प्रहरीमा घातक रसायन एसिड खुला रुपमा विक्री गरेको भन्ने एउटा पनि उजुरी प्रहरीमा नपरेको भन्दै उजुरी नै नपरी त्यस्ता पसलमा छापा मार्न नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?