जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान

सारांश

  • पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ ।
  • बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर्षीय कृष्ण कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।
  • जीप सिद्धार्थ राजमार्गको चौबीस माइलमा सडकदेखि करीब २०० मिटर तल खसेको थियो ।

पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ ।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर्षीय कृष्ण कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । जीप सिद्धार्थ राजमार्गको चौबीस माइलमा सडकदेखि करीब २०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?